धार्मिक सहिष्णुता
Dharmik Sahishnuta


सहिष्णुता धर्मकै पर्यायवाची शब्द हो, जहा“ धर्म छ त्यहा“ सहिष्णुता हुन्छ । जहा“ धर्म छैन, त्यहा“ असहिष्णुता हुन्छ, अराजकता हुन्छ, द्वन्द्व हुन्छ, हत्याहिंसा हुन्छ, अन्ततः महाविनाश हुन्छ । 

धर्म र संस्कृतिमा केही सूक्ष्म भिन्नता हुन्छ । संस्कृति देश, काल र परिस्थिति सापेक्ष हुन्छ भने धर्म यी सबै भन्दा माथि उठेको हुन्छ । संस्कृति क्रियाकलापपरक हुन्छ भने धर्म अनुभूतिपरक हुन्छ । संस्कृति समाज र इतिहासका विविध पक्षहरुको  संगालो हो भने धर्म शाश्वत मूल्य, मान्यता र चिन्तनको विशाल पुञ्ज हो । यसरी गहिरिएर हेर्दा धर्म भनेको सेवा, उदारता, प्रेम, सहिष्णुता, शान्ति, सहअस्तित्व, अहिंसा, सदाचार आदि हो । त्यसैले पूर्वीय चिन्तकहरुले सेवा हि परमो धर्मः, अहिंसा परमो धर्मः, आचारः परमो धर्मः आदि भनी धर्मको व्याख्या गरेका छन् ।

नेपालको सुन्दरता भनेको धर्ममय जीवनशैली र संस्कृतिमय सामाजिक व्यवस्था नै हो । धर्म र संस्कृति झिकिदिने हो भने नेपाल मानचित्रका हिसाबले, भूरेखाका हिसाबले जीवित रहन सक्छ तर वस्तुतः नेपाल ‘नेपाल’ नै रह“दैन । ‘नया“ नेपाल’ को कुरा त झन् के गर्ने ?

नबुझेर हो वा बुझ पचाएर, धार्मिक सहिष्णुता, सद्भाव र सर्वधर्मसमभावका नाममा नेपाललाई ‘धर्मनिरपेक्ष राष्ट्र’ भनी घोषणा गरियो । किन यति हतार गरियो ? संवादै नगरी किन निर्णय गरियो ? पूर्वाधारै नबनाई किन निर्णय लादियो ? कसको तुष्टिका लागि निर्णय गरियो ? यसले कसलाई फाइदा भयो त ? भन्ने खालका चिन्ता उठ्नु र प्रश्न उठ्नु हरेक राष्ट्रभक्त नेपालीका लागि स्वाभाविक नै हो । धर्मनिरपेक्षताले निषेध जनाउ“छ, अश्रद्घा र अनास्था जनाउ“छ, धर्मप्रति अपमान जनाउ“छ र विशेष गरी हिन्दू धर्ममाथिको प्रहार, षड्यन्त्र र तिरस्कारलाई पनि जनाउ“छ । अत्यधिक बहुसंख्यक हिन्दूहरु भएको देशमा हिन्दूहरुकै भावनामाथि चोट पु¥याउने गरी हिन्दुत्वमा आधारित संस्कृतिलाई खल्बल्याउने गरी भएको प्रहार स्वीकार्य हुन्छ त ? फेरि अनेकौं विकल्पहरु हु“दाहु“दै गणतन्त्रका नाममा निर्णय लाद्नु कसरी प्रजातान्त्रिक चरित्र भनी मान्न सकिन्छ त ?अनेकौं सुन्दर विकल्पहरु पनि थिए, ती विकल्पहरु मध्ये–

१. ‘सनातनी राष्ट्र’ भनी घोषणा गर्दा पनि हुन्थ्यो ।

२. बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक भने मात्र पनि हुन्थ्यो ।

३. वैदिक संस्कृति, बौद्घ संस्कृति र आदिवासी संस्कृतिको समन्वयमा हुर्केको ‘बहुसांस्कृतिक मुलुक’ भनेको भएपनि हुन्थ्यो ।

४. धर्मनिरपेक्षको सट्टा ‘मतनिरपेक्ष’ वा ‘संप्रदायनिरपेक्ष’ भनेको भए पनि हुन्थ्यो ।

५. भारतको संबिधानमा जस्तै ‘पन्थनिरपेक्ष’ भने मात्र पनि पुग्थ्यो ।

६. स्पस्ट रुपमा ‘धार्मिक स्वतन्त्रता’ मात्र भने पनि पुग्थ्यो ।

७. ‘धर्मनिरपेक्ष’ वा ‘सापेक्ष’ केही पनि उल्लेखै नगरेको भए पनि हुन्थ्यो ।

  यस्ता अनेकौं उदार विकल्पहरु हुदाहुदै पनि किन तानाशाही चरित्र देखाइयो राजनीतिका नाममा ? राजनीति गर्नेहरुले धर्मनीति नै नबुझिकन सरोकारवाला धार्मिक विज्ञहरुसंग, गुरुहरुसंग संवाद एवं परामर्श नै नगरिकन निर्णय लाद्नाले प्रजातन्त्रको मर्यादा कायम रहन्छ त ? राष्ट्रका अति महत्वपूर्ण विषयमा समेत जनमतका माध्यमले निर्णय गर्ने साहस नदेखाइनुलाई के संज्ञा दिने ? कायरता ? अतिवादिता ? हठवादिता ? विदेशी शक्तिको चाकरी वा जनभावनाको बलात्कार ?

हरेक देशका आ–आºनै विशेषता हुन्छन् र त्यही विशेषतामा गौरव गर्नु र संरक्षण गर्नु नै राष्ट्रका प्रत्येक नागरिकहरुको कर्तव्य हुन्छ तथा पार्टी र नेताहरुको विशेष दायित्व हुन्छ । सगरमाथाको देश नेपाल, भगवान् गौतम बुद्घको देश नेपाल, भगवान् पशुपतिनाथको देश नेपाल, जलसंपदामा अपार धनी देश नेपाल, वीर गोर्खालीहरुको देश नेपाल, असंख्य भाषा, जाति र संस्कृतिको सम्मिलन केन्द्र नेपाल आदि भनी हामीले विश्वमा एक अत्यन्तै अनौठो गौरवलाई कायम गरेका छौं । ठीक त्यसरी नै हिन्दू राष्ट्र नेपाल’ भन्दा पनि त्यही महान् गौरव प्राप्त गरेका छौं । विश्वका करोडौं करोड हिन्दूहरुको उच्चतम सम्मानकेन्द्र बन्न पाउ“दा किन कसैको चित्त दुख्नु पर्ने ? जब विश्वमा अनेकौं बुद्धिष्ट, मुस्लिम र क्रिश्चियन राष्ट्र हुन सक्छन् भने मात्र एउटा हिन्दू राष्ट्र हु“दा पनि टाउको दुख्ने ? कस्तो विडम्बना ?

बहुजाति, भाषा, संप्रदाय संस्कृति, रीतिस्थिति, परंपरा आदि नेपालका संपदा हुन् । तर संपदालाई सहीरुपमा बुझ्न सकिएन भने संपदा नै विपदाको कारण बन्न सक्छ । कैयौं देशमा भाषा, धर्म, संस्कृति र संप्रदायका नममा भएका कलह अन्ततः युद्घमा परिणत भई आमूल नष्ट भएका इतिहासहरु हामीले पढेका छौं, सुनेका छौं र देखेका छौं । पशुपतिनाथ जस्तो सर्वाराध्य देवस्थलमा राजनीति हुनु, गाई काटिनु ,तराइमा अतिवाद जन्मिनु, धर्मका नाममा सडकमा चर्का नारा सुनिनु आदिले आज नेपाली जनतालाई सन्त्रस्त र सशंकित बनाएको छ । धर्मनिरपेक्षताका नाममा सहिष्णुता र सद्भाव हुनुको सट्टा झन् सयौं वर्षदेखि स्थापित धार्मिक सहिष्णुता, स्वतन्त्रता र सद्भाव कायम हुनुको सट्टा झन् टुक्रिने पो हो कि ? भन्ने डर जागेको छ ।

परापूर्वकालदेखि नै नेपालले “ईश्वर अल्लाह तिम्रो नाम........ ’’ भन्ने सन्देशलाई आफ्नो आधार बनाएकोछ । “नृणामेको गम्यस्त्वमसि पयसामर्णव इव” भन्ने चिन्तनलाई मूल सूत्र बनाएकोछ । एकेश्वरवाद, बहुदेवतावाद, अवतारवाद जस्ता उच्चतम दार्शनिक सिद्धान्तहरुका माध्यमबाट सारा विश्वलाई नै सर्वधर्मसमभावका लागि मार्गदर्शन गरेकोछ । ईश्वरवादी चिन्तनद्वारा निराकारको उपासना गर्ने उच्चतम संदेश दिएकोछ । तथा निराकार÷निर्गुणको उपासनाद्वारा मूर्ति, मन्दिर, पूजापद्घति र ग्रन्थआदिका बीचमा हुने सबै प्रकारका विभेद र विवादहरुको समाधान दिएको छ । यस्तो उदार चिन्तनद्वारा विश्वकल्याण गर्ने सनातन हिन्दूधर्म र संस्कृतिमाथि नै सहिष्णुताका नाममा शंका उठाइनु अज्ञान हो, षड्यन्त्र हो एवं कुत्सित जघन्य अपराध हो ।

पाटन कृष्ण मन्दिरको पर्खालमै जोडिएर बसेका मुस्लिम समुदायका पसलहरु र मुख्य सडकमै ठडिएका मस्जिदहरु नेपालका धार्मिक सहिष्णुताका प्रथम नमुना हुन् । मुसलमानले समेत छठ मनाउनु र हिन्दूहरुले इदमा मुबारक, शुभकामना साटासाट गर्नु नेपाली जीवनका अद्भुत विशेषता हुन् । यहा“का बच्चाबच्चीले समेत चर्च, मन्दिर, मस्जिद, गुम्बा आदि कुनै पनि धार्मिक स्थल देख्दा शिर निहुराउनु तथा कुनै पनि धर्मग्रन्थ, धर्मगुरु एवं अवतारमाथि आस्था राख्नु धार्मिक सहभावका उच्चतम दृष्टान्त हुन् । छिमेकी मुलुकहरुमा धर्मका नाममा भयानक कत्लेआम हु“दाहु“दै पनि नेपालमा शान्ति, सद्भाव र सम्मान कायम हुनु विश्वकै लागि एक सुन्दरतम सन्देश हो । तर अद्यावधि स्वाभाविक रुपमा कायम गरिएको उत्कृष्टतम धार्मिक सहिष्णुता माथि धर्मनिरपेक्षताको बिल्ला बलात् टा“सिदिएर एक गंभीर संकट निम्त्याउने काम भएको छ । खुला रुपमा धार्मिक÷व्यापारीहरुलाई धर्मपरिवर्तनका लागि आमन्त्रण गरिएको छ । नेताहरुलाई धर्मकै नाममा राजनीति गर्नका लागि प्लेटफार्म प्रदान गरिएकोछ । विद्यार्थीहरुलाई नेपाली राष्ट्रिय संस्कृतिमाथि प्रहार गर्नका लागि हतियार प्रदान गरिएको छ ।  युवाहरुलाई अनास्था, अश्रद्धा र अमर्यादाको राजमार्गमा कुद्नका लागि साधन प्रदान गरिएको छ । कस्तो दुर्भाग्य ∕ सारा विश्वले संस्कृति बचाउनका लागि नया“ नया“ नीति योजना ल्याउने बेलामा हामीले भने भएकै संरचना र योजना पनि भत्कायौं ! सारा विश्वले आध्यात्मिक चिन्तनको लागि प्रकाश खोजिरहेका बेलामा हामीले भने आफैं आफ्नै घरमा अन्धकार निम्त्यायौं । यो कस्तो नया“ नेपाल ? कस्तो राष्ट्रियता ? कस्तो गणतन्त्र ?


धर्मको नाममा राजनीति गर्नु सर्वधा अधर्म हो, पाप हो । निरपेक्ष होस् वा सापेक्ष, कसैले पनि यसका नाममा राजनीति गर्नु हु“दैन । तर नेपालको धार्मिक सहिष्णुता र सद्भावको अद्वितीय इतिहासलाई र विशालतम सांस्कृतिक धरोहरलाई कसरी कायम गर्ने भन्नेमा सबैले अत्यन्तै इमान्दार भई सोच्नु पर्दछ । धर्मलाई अफीम सरह मान्नेहरुले पनि नेपालको जनजन र मनमनमा भिजेको धर्म र संस्कृति माथि प्रहार गर्नु हु“दैन । धर्म जस्तो आस्थाका विषयहरुमा सस्ता ओठे तर्कहरु ल्याएर बड्डयाई÷नड्डयाई प्रहार गर्नु हु“दैन । अन्यथा समाज झन् अधार्मिक बन्नेछ, अनैतिक बन्नेछ, भ्रष्टाचारी बन्नेछ, इतिहास कलंकित बन्नेछ, परिवार बिखण्डित हुनेछ, देशको गौरव नष्ट हुनेछ, विधर्मीहरुको चलखेल बढ्नेछ, अतिवादी धर्मभीरुहरुको बोलबाला बढ्नेछ ।

संविधान आजको प्रमुख विषय बनेको छ । समग्र नेपाली अति आतुरतापूर्ववm यसको प्रतीक्षा गरिरहेका छन् तर संविधानको आधार हो–संवाद र संयम । दुर्भाग्य ! यी दुवै कुरा आज हामीले गुमाएका छौं । भीडलाई मात्रै निर्णयको आधार बनाउनु नै के प्रजातन्त्रको मर्यादा हो त ? एन.जी.ओ. र आइ.एन.जी.ओ.का इशारा र पोषणमा गरिने प्रदर्शन, ¥याली र गोष्ठी नै राष्ट्रिय ऐतिहासिक निर्णयका आधार हुन् त ? विद्वान् र आदर्श पुरुषहरुको चरित्र भीडभन्दा पृथक् हुन्छ । के त्यस्ता दूरदर्शी राष्ट्रभक्तहरुको विज्ञहरुको सन्देश पनि सुन्दा प्रजातन्त्रको गरिमा बढ्ने छैन त ? 

हामीहरुले परिवर्तन चाहेका छौं, स्वस्थ सकारात्मक परिवर्तन । हरेक परिवर्तनले परिमार्जन गर्दछ भन्ने कुनै ग्यारेन्टी छैन । हामीले हाम्रा संस्कृतिमा देखिएका विकृतिहरुको निराकरण गरी संस्कृतिमा समयसापेक्ष विज्ञानसंमत सुधार चाहेका छौं । तर सुधारका नाममा संहार गर्नु हु“दैन । हामीले गरीबी, अशिक्षा र विसंगतिका विरुद्घमा क्रान्ति चाहेका छौं, अद्भुत विचारको क्रान्ति तर क्रान्तिका नाममा कसैको हत्या गर्न पाईंदैन । हामीले देश विकासका लागि अग्रगामी सोच र योजनाहरु चाहेका हौं, समग्रमा रुपान्तरण गर्न सक्ने तर पुराना सबै कुराहरुलाई अग्रको नाममा उग्र भई लत्याउनु हु“दैन । हामीले पूर्ण स्वतन्त्रता चाहेका छौं, विचारको, वाणीको, जीविकाको र जीवनको । तर दलको बल देखाई स्वतन्त्रताका नाममा स्वच्छन्दता, अराजकता र क्रूरताको सृजना गर्न पाइंदैन ।

देश आज गम्भीर संकटमा छ अत्यन्तै गम्भीर ! तर संकटकै बेला साहस चाहिन्छ । आज चिन्तनको खडेरी परेको छ । त्यसैले यही बेला धैर्य चाहिन्छ । पार्टी भन्दा देश ठूलो हो, दल भन्दा नीति ठूलो हो, नारा भन्दा प्रार्थना ठूलो हो, तर्क भन्दा सत्य ठूलो हो, समूह भन्दा समाज ठूलो हो, स्वार्थ भन्दा परमार्थ ठूलो हो र व्यक्तिजीवन भन्दा राष्ट्रजीवन ठूलो हो भन्ने कुरा सबैले बुझ्नु पर्दछ ।

समस्या भनेका विकृत मस्तिष्कका उपज मात्र हुन् र यसको निदान पनि चेतनाको विकासद्वारा नै हुन सक्छ । चेतनशील व्यक्तिले मात्रै जातिपाति, छुवाछुत वर्गभेद, क्षेत्रभेद आदि संकीर्ण घेरा नाघ्न सक्छ, अनैतिकता र भ्रष्टाचारको संजाल तोड्न सक्छ तथा स्वार्थ घृणा, ईष्र्या, व्रmोध, हिंसा, हत्या रोक्न सक्छ । चेतना बिना सर्वांगपूर्ण व्यक्तिनिर्माण हुनै सक्दैन । तसर्थ राष्ट्रिय चेतनाको विकास र आध्यात्मिक चेतनाको विकास गर्न सक्यौं भने मात्रै सधैं नेपालीका रुपमा जीवित रहन सक्नेछौं र सधैं एक असल मानवको रुपमा जीवन्त रहन सक्नेछौं ।