नेपालको प्राकृतिक सोंदर्य र राष्ट्रियता
Nepalko Prakritik Sondarya ra Rashtriyata
नेपाल सानो देश भएता पनि एउटा सानो संसारको रुपमा मानिन्छ । नेपाल अधिराज्यको यस्तो बनोट छ कि हिमाली क्षेत्र, पहाडी र तर्राई क्षेत्रमा विभिन्न जाति जनजातिहरुको बसोबासोमा जसरी बिभिन्नता छ त्यसरीनैं नेपालको पूर्वदेखि पश्चिमसम्मको माटोको अवस्था यस्तोछ कि यहाँ अनेकौं किसिमको हावापानी भएकाले विभिन्न प्रकारका खाध्य पदार्थहरुको उत्पादन हुने गर्दछ । यहाँको हावापानी यस्तो छ कि बाहै्र महिना काम गर्न सकिन्छ । संसारका अनेकौं देशहरुमा जे जति उत्पादन हुन्छ थोरबहूत यही भूभागमा उत्पादन हुनेगर्दछ । कैयौं नदी र सयौं खोला र झरनाहरुले गर्दा यसभूभागलाई प्रकृतिको देनको रुपमा लिइन्छ । नेपाललाई पानी नैं पानीको देश हो । नेपालको पानीलाई राम्ररी सिंचाई र विद्युत उत्पादनमा सदुपयोग गर्न सकियो भने नेपाल खाद्यान्नको भण्डार हुन सक्दछ । नेपालको पानीबाट ८ करोड कि.वा.भन्दा बढी विद्युत उत्पादन गरेर आफ्नो देश र छिमेकी देशहरुमा हरभरा बनाउन सकिन्छ । जङ्गलै जङ्गलले सजिसजाउ नेपालभित्र अनेकौं किसिमका जनावरहरु, ८०० भन्दा बडी प्रकारका चरा चुरिङ्गीहरु र विश्वमा दुर्लभ मानिएका जरिबुटीहरु प्रसस्त यहाँ पाइन्छन् । हर प्रकारले प्रकृतिले नेपाललाई साथ दिएको छ । कैयौ विदेशी यात्रीहरु भन्छन्-'यो ठाँउ संसारभरमा सबभन्दा सुन्दर स्थान हो ।
विश्वका हरेककुनामा आप्रवासी नेपालीहरुको नेपालप्रतिको प्रेमको कारण, उच्च शिक्षा हासिल गर्न र कामको खोजीमा विश्वका हरेक राष्ट्रमा पुगेका नेपालीहरुले नेपालीपन कायम राख्न सकेकाले नेपाली राष्ट्रियताको मौलिकताले चौतर्फी पहिचान स्थापित गर्न सकेको छ । हाम्रो देश सानो भए पनि यहाँ धेरै थरीका जाति छौं । यहाँ कुनै पनि एक जातिलाई होच्याएर र बिर्सेर नेपालको राष्ट्रियता पुरा हुँदैन । हाम्रो देशमा विभिन्न जातिहरुको साझा नेपालको सांस्कृतिक राष्टि्यता बनेको छ । नेपालमा हिन्दु, वैदिक र बौधको समष्टीबाट नेपाली संस्कृतिको सिर्जना भएको छ । सहिष्णुता, सभ्यता र संस्कृतिको हिसाबमा हाम्रो संस्कृति उत्कृष्ट छ । हामी संस्कृतिका धनी छौं । अनेकौं जातिहरु मिलेर एक साझा नेपाली जातिमा एकीकृत हुनसकेको नेपालको राष्ट्रियता टपक्क फूलेको छ जस्को कारणले नेपाली संस्कृतिको सुबास विश्वभरी फैलिएकोछ । हामी नेपालमा पचासौं मात्री भाषा बोल्दछौं, यी संम्पूर्ण मात्रृ भाषाहरुलाई जीवित राख्न अन्तरजातीय सर्म्पर्क भाषाको रुपमा नेपाली भाषा साझा भाषाको रुपमा स्थापित भएको छ । नेपाल हिन्दु अधिराज्यको रुपमा विश्वब्यापी हुन गएता पनि धार्मिक मामलामा विश्वका धर्मनिरपेक्ष राष्ट्रहरु भन्दा नेपाल धेरै उदार छ । यही देशमा मुसलमान, क्रिस्चियन् र अन्य धर्मावलम्वीहरु पनि आफ्ना धर्मकर्म मान्नमा स्वतन्त्र छन् । तर पनि कतिपय नेपालीले नेपाली राष्ट्रियताको सोदावाजी गरेर स्वार्थ पूर्ति गर्न उदत्त छन् ।
नेपालको राष्ट्रियता भनेको एक भावनात्मक मान्यता मात्र होइन । यो एक क्रियात्मक मनोदशा हो । भूभागले मात्र राष्ट्रियताको प्रतिनिधित्व गर्दैन । नेपालको राष्ट्रियताका जग तथा आधारहरु के के हुन् त्यसको मूल्यांकन नगरी कसैलाई चित्त नबुझ्दैमा स्थापित मान्यताहरुलाई विस्थापित गर्न खोजएमा राष्ट्रियता माथि प्रश्न चिन्ह खडा हुन सक्छ । चाहे हिन्दु अधिराज्य होस् वा राजसंस्था वा नेपाली भाषा होस् युगौंदेखि स्थापित भएका मान्यताहरुलाई विवादमा ल्याइयो भने दिएर नेपालीहरुको एकता टुट्न सक्छ । हामी नेपालीहरुको राष्ट्रि्यता यति सम्वेदनशील छ कि हाम्रा स्थापित भएका मान्यताहरुमा कुनै विवाद उठाउने काम भयो भने हाम्रो राष्ट्रिय एकतामा खतरा आउन सक्छ । त्यसैले हामीले राष्ट्रियताको विषयमा सँधै सहिष्णु र सम्वेदनशील भएर मात्र बोल्ने हुनपर्दछ ।
नेपालको राष्ट्रियताको कडी भनेको चीन र भारत हो । यस्मा पनि भारतसँग नेपालको सांस्कृतिक एवं धार्मिक पारस्पारिकताका कारणले सौहार्दताको बातावरणमा बसेर राष्ट्रिय स्वतन्त्रता र र्सार्वभौमिकता बचाएर राख्न सक्नुपर्दछ । नेपाल-भारत बिचको सौहार्दतालाई कुठराघात गराउन केही नेपाली र भारतीयहरु षडयन्त्रमा संलग्न हुन पनि सक्छन् । यस्ता षडयन्त्रबाट दुबै देशको सरकार जनताहरु सचेत हुन सक्नु पर्दछ । हुनता नेपाल एउटा भूपरिवेष्टित राज्य हो । चीन र भारत यी दुइ ठूला राष्ट्रहरुको च्यापबाट जोगिएर नेपालले आफ्नो अस्तित्व कायम् राख्नुछ । नेपालको राष्ट्रियता भनेको आफ्नो अस्मिता, स्रोत-सम्पदाहरु बचाएर, संतुलित भएर, हिडनु हो । यसको लागि हामी नेपालीहरु आफै सक्षम र सजक नभई राष्ट्रियतालाई समृद्ध गराउन सकिदैन । राष्ट्रियता भन्ने कुरा अर्कोले बचाइदिने होइन, आफैले बचाउने कुरा हो । अर्कोले सहयोग दिन सक्छ तर बचाइदिदैन । नेपाल अहिले गरीब छ किनकि हामी नेपालीहरुलेनैं नेपाललाई प्रकृतिले दिएका मौलिक स्रोत र सम्पदाहरुलाई योजनावद्धरुपले परिचालन गर्न ढिला गरिरहेका छौं ।
नेपाल र भारतको वीचमा हिन्दु देवस्थल, धामहरुको गरिमाले नेपाल-भारतका जनता एकअर्कामा सम्मान गर्छन् । नेपाल कहिले पनि पराधीन भएन । तिब्बतमा अवस्थित कैलास मानसरोवर विश्वका हिन्दुहरुको सम्मानीत धाम हो । चीनमा नेपालका भृकुटी र अरनिकोका पदचिन्ह र बौर्द्धधर्मको उद्गम राष्ट्रकोरुपमा नेपाल र नेपाली जनताको र्सार्वभौम सवतन्त्रताको चीनले कदर गर्दै आएकोछ । त्यसरी नैं नेपालीहरुको स्वाभिमानप्रति भारतले सम्मान गर्ने गरेको पनि छ । चीन र भारत जस्ता ठूलो राष्ट्रहरुले नेपाललाई मान्यता गर्नु पर्ने कुरा सितिमिति होइन । यसरी हामी नेपालीहरुले पाएको जन्मजात स्वतन्त्रताको इज्जत र प्रतिष्ठालाई कायम गर्न सक्नु पनि हाम्रो कर्तव्य हो । सम्पूर्ण हिन्दु संस्कृतिमा हिमालयलाई देवभूमि मानेको छ । भारतीय हिन्दुहरुको लागि नेपाल सँधै प्रेरणाको स्रोत बनेकोछ । नेपाललाई गौरव छ कि भारतको धर्म संकटको बेलामा हिन्दुहरुको आश्रयदाता पनि नेपाल रहिआएकोछ । भारतमा हिन्दुहरुका लागि हिमालयको आकर्षा पशुपतिनाथ र मुछिन्द्रनाथको दर्शन एउटा चीर आकांक्षा भइनैरहन्छ । नेपाललाई थाहा छकि विश्वको प्रत्येक हिन्दु नेपाललाई स्वतन्त्र र्सार्वभौंम हिन्दु राज्यको रुपमा हेरेर आनन्दित हुन्छन् । सम्पूर्ण हिन्दुहरुको लागि आश्रयस्थल बनी बाँच्ने प्रयत्न नेपालको रहिरहने छ । (२०२१ साल माघ २१ गते भारतको नागपुर भेलामा राजा महेन्द्र)
नेपाल र भारत वीचमा धार्मिक र सांस्कृतिक कुरा र पानीको सवालमा उदार भएर दुबै देशलाई उपयोगी हुनसक्ने नीतिको अवलम्वन गरिनु पर्दछ । राष्ट्रियता प्रति मानिसहरुको झुकाव घट्दै गयो भने देशभित्र नैतिकताको ह्रास आउँछ, धर्म संस्कृतिमा विवाद उठ्न थाल्छ, अराजकत्ता बढछ । नेपाल अहिले संकटमा छ । नेपालमा राजनीतिक नेताहरुमा राष्ट्रियता प्रति सम्वेदनशील हुन नसकेकाले नेपालको प्राकृतिक र सांस्कृतिक पहिचानहरु विवादमा परेका छन् । स्वदेश तथा विदेशमा बसेका नेपालीहरुले आपmनो मात्रृभूमिको रक्षार्थ सम्वेदनशील भएर अगाडि बढ्नु पर्ने बेलाछ । हाम्रो कसैसँग भेदभाव छैन । राजनीतिक विवादका कारणले नेपाली राष्ट्रियता र पहिचानको चिरहरण हुनुहुन्न । हामीले सबै मित्रराष्ट्रसँग समान संवन्ध कायम गरेर आपसी फूट भन्दा एकतामा आवद्ध भएर हामी नेपालीहर सवदेश विदेशमा जहाँ भए पनि राष्ट्रियताको सवालमा एक हुनसकौं ।
0 Comments