नेपालमा बेरोजगारी समस्या र समाधान 
Nepalma Berojgari Samasya ra Samadhan


बेरोजगारी एक त्यस्तो समस्या हो, जसमा व्यक्ति एक ठूलो आर्थिक क्षति हो, जसबाट धेरै नराम्रो परिणाम निस्कन्छ । बेरोजगारी भन्नाले कुनै काममा नलागेको भन्ने बुुझिन्छ, तर यसबाट काम गर्न नचाहने अल्छीलाई पनि बेरोजगारी भन्नुपर्ने हुुँदा आर्थिक दृष्टिले बेरोजगारी भन्नु काम गर्ने इच्छा र योग्यता भएर पनि कुुनै पनि काम नभएर त्यसै बस्नु हो । हाम्रो आर्थिक ढाँचा र आर्थिक प्रगति ऋणात्मक प्रकारको देखिन्छ । इच्छा, योग्यता र काम खोज्ने प्रयास गर्दागर्दै पनि मानिस बाध्य भएर कामबाट पृथक् तथा फरक रहनुुपरेको छ । वर्तमान पुँजीवादी संगठन नै यसको प्रमुख कारण हो । कामको सुविधा र अवसर उपलब्ध रहेर पनि श्रमबजारमा श्रमशक्तिको पूर्ति बढी रहन्छ भने त्यसलाई बेरोजगारी या बेकारीको समस्या भनिन्छ । कुुनै पनि देश वा समाजमा यो हुनाको तीनवटा कारण मुख्य मानिएको छ, जसमा सक्रिय मागको कमी, मूूल्य र लागतमा असन्तुुलन तथा पुँजी र अरू आवश्यक साधनको अभाव । पश्चिमका विकसित देशहरूमा देशको वस्तुको माग कम हुन जानुु नै बेरोजगारीका कारण हुन् भने आयको अपर्याप्त या न्यूून परिमाणले गर्दा नै माग कम हुन जाने हो । किनभने यस्तै देशमा माग र रोजगारीमा सीधा सम्बन्ध रहने हुँदा मागमा कमीको कारणले गर्दा त्यसको प्रभाव रोजगारीमा स्वतः पर्न गएको हुुुन्छ । देशको हिसाबले हेर्दा सबैभन्दा ठूलो संख्यामा नेपाली कामदार भारतमा भएको देखिन्छ । नेपाल र भारतको दक्षिणी खुला सिमाना र ऐतिहासिक सम्बन्धका कारण दुवै देशका नागरिक खुला आवतजावत मात्र होइन, रोजगारी गर्ने अवसर पनि भएकाले भारतमा ठूलो संख्यामा कामदार हुनु नौलो कुरा होइन । श्रम क्षेत्रमा यति धेरै जनसंख्या सहभागी भए पनि नेपालमा श्रमिकको सामाजिक आर्थिक अवस्था सुदृढ हुन सकेको छैन । अझै पनि धेरै यस्ता क्षेत्र छन्, जहाँ श्रमिकले काम गरेबापत न्यूनतम पारिश्रमिक पनि पाइरहेका छैनन् । त्यसमाथि उनीहरू रोजगारदाताबाट शोषित र पीडित छन् । श्रमिकको काम गर्ने समयावधि, पारिश्रमिक, सामाजिक सुरक्षाको विषय, सुविधा, भत्ता आदिका कुरा अझै पनि श्रम ऐनले तोकेबमोजिम हुन सकेको छैन । दिनरात मेहनत गरे पनि दुई छाक टार्न धौधौ हुने स्थितिमा छन् । श्रमिकका लागि अधिकांश अन्तर्राष्ट्रिय सन्धि अनुमोदन गरेका छन् । तथापि ती सबै यहाँ लागू हुन सकिरहेका छैनन् । अझै पनि मजदुर श्रमशोषित, रोजगारदाताबाट पीडित र व्यवसायजन्य सुरक्षाको अभावमा जोखिममा रहेर काम गर्न बाध्य छन् । अझ देशमा व्याप्त रहेको दसवर्षे द्वन्द्वका कारण धेरै मानिस ग्रामीण क्षेत्रबाट विस्थापित भएका छन् । 

नेपालको संविधान, २०७२ को धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने लेखिएको छ । साथै, चौधांै योजना ०७३/७४ देखि ०७५/७६ मा रोजगारी विकास कार्यक्रममा दक्ष, सीपयुक्त र उत्पादनमूलक मानव संशाधनको विकासद्वारा पर्याप्त रोजगारी एवं स्वरोजगारका अवसर सिर्जना गर्ने सोच, मुलुकभित्रै वार्षिक करिब ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य र स्वदेशमा मर्यादित रोजगारका अवसर सिर्जना गरी बेरोजगारी तथा अर्धबेरोजगारी न्यूनीकरण गर्दै रोजगारीको हकलाई सुनिश्चित गर्ने रोजगारीका लागि सीप तथा तालिमका अवसर वृद्धि गरी प्रतिस्पर्धा गर्न सक्ने श्रमशक्तिको विकास गर्ने, वैदेशिक रोजगारलाई बढी उत्पादक, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै जाने उद्देश्य राखिएको छ भने लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशमै पर्याप्त र मर्यादित रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्ने एवं सीप तथा व्यावसायिक तालिमका अवसरको विकास एवं विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने श्रमशक्तिको उत्पादन गर्ने लेखिएको छ । 


तर, यसै क्रममा देशमा रोजागरी नपाएर बाध्य भएर वैदेशिक रोजगारमा जाने श्रमिक विदेशमा छन् । वैदेशिक रोजगारीमा जान बाध्य पारिएका मानिस विदेशमा काम गर्ने क्रममा व्यवसायजन्य सुरक्षाको ज्ञानको कमीले वा अभावमा कहिले कारखाना त कहिले घर निर्माणको क्षेत्रमा, सडकमा दुर्घटनामा पर्ने गर्छन् । यसबारेमा राज्यले ठोस कानुन ल्याउन सकेको छैन । स्वदेशमा रोजगारी नपाएर दैनिक करिब १५ सयभन्दा बढी युवा जनशक्ति बिदेसिने गरेका छन् । 

देशमा रहेका व्यक्तिहरू आफ्नो जीवनयापनका लागि विभिन्न प्रकारका क्रियाकलापहरूमा संलग्न भइरहेका हुन्छन् । सन्दर्भ वर्षमा धेरैजसो समय वा थोरै समय भए पनि आम्दानी हुने के काम गरेको हो, व्यक्तिले गरेको खास काम उसको पेसा हुन्छ । व्यक्तिले नियमित रूपमा गर्ने आर्थिक क्रियाकलापलाई नै पेसा भनिन्छ । विभिन्न व्यक्तिले गर्ने पेसाहरूलाई कार्यप्रकृति, स्वभाव तथा त्यसका लागि आवश्यक सीप तथा क्षमताको आधारमा मिल्दोजुल्दो पेसाहरूलाई एकै समूहमा पर्ने गरी समूहकृत बनाउन सकिन्छ र यसरी समूहकृत क्रियाकलापहरूलाई पेसा वर्गीकरण भनिन्छ । यसले गर्दा विभिन्न आर्थिक क्रियाकलापहरूमा संलग्न जनसंख्याको विश्लेषणात्मक अध्ययन गर्न निकै सजिलो हुन्छ । यसले योजनाकार तथ्याङ्कविद् तथा अन्य अनुसन्धानकर्ताहरूलाई सहयोग पुग्छ । विभिन्न व्यक्तिले गरेको विभिन्न कामअनुसार उनीहरूको पेसा पनि फरक हुन्छ । विभिन्न तहमा रही गरेको कामको प्रकृतिअनुसार पेसाको वर्गीकरण गरिन्छ । सन्दर्भ अवधिमा धेरै समय गरेको कामको प्रकृति र विवरणअनुसार पेसाको वर्गीकरण गरेको हुन्छ । सन्दर्भ अवधिमा कुनै व्यक्ति कामको खोजीमा मात्र लागेको भए त्यस्ता व्यक्तिको विषयमा उसले पहिले गरेको कामका आधारमा पेसा निर्धारण गर्नुपर्ने हुन्छ । जुनसुकै व्यवसाय भए पनि सम्बन्धित व्यक्तिले सम्पादन गर्ने खास कामका आधारमा पेसा छुट्याइन्छ र वर्गीकरण गरिन्छ । 

देशको जनशक्तिलाई नयाँ प्रविधि र बजार सुहाउँदो गुणस्तर र सीपयुक्त बनाई स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा रोजगारीका अवसरहरू प्रवद्र्धन गर्नु आजको प्रमुख आवश्यकता हो । बेरोजगारी घटाउन रोजगारदाता र कामदारको हितमा सामञ्जस्यतालाई औद्योगिक सम्बन्धमा सुधार र लगानीमैत्री वातावरण कायम गर्नुका साथै राज्य श्रमजीवी कामदारहरूको आधारभूत हक–अधिकारको संरक्षण तथा सुरक्षित कार्यव्यवस्थाको प्रवद्र्धन गर्दै उत्पादन र उत्पादकत्वको वृद्धिका साथै श्रम, कानुन र प्रशासनलाई सक्षम र समयसापेक्ष बनाउनुपर्ने भएको छ । मानव संसाधनको रोजगार सामथ्र्यमा वृद्धि गरी क्षमता न्यूनताको कारणबाट लाभान्वित हुन नसकेका युवा, महिला, मधेसी, जनजाति, अपाङ्ग, दलित, द्वन्द्वबाट प्रभावित एवं सीमान्तकृत समुदायहरूलाई समेत स्वेदश एवं नेपाल सरकारले लिने उल्लेख गरिएको छ । वैदेशिक रोजगारीका सिलसिलामा पुरुषहरू औद्योगिक कामदारका रूपमा बढी र महिलाहरू घरेलु कामदारका रूपमा बढी जाने गरिएको देखिन्छ । करिब २३ लाख नेपाली कामदार आप्रवासी कामदारका रूपमा विभिन्न देशमा कार्यरत रहेको तथ्यांकले देखाउँछ । यस्ता देशहरूमध्ये ९० प्रतिशत कामदार अदक्ष कामदारका रूपमा मात्रै जाने गरेको र केवल २ प्रतिशत दक्ष, २३ प्रतिशत अर्धदक्ष र ७५ प्रतिशत अदक्ष कामदारका रूपमा वैदेशिक रोजगारीमा जाने गरेको तथ्य देखिन्छ । त्यसैगरी विभिन्न अध्ययनअनुसार आप्रवासी कामदारको वास्तविक तथ्यांक अद्यावधिक नभएको र छिमेकी देश भारतको बाटो हुदै अवैध रूपमा वैदेशिक रोजगारसम्म जाने कामदारको संख्या अत्यधिक रहेका अनुमान गरिन्छ । औपचारिक र अनौपचारिक रूपमा गरी अहिले करिब ३० लाख नेपाली युवा विदेशी भूमिमा आफ्नो पसिना चुहाइरहेका छन् । यही पसिनाले साटिरहेको रेमिट्यान्सले नेपाली अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशतको योगदान गरिरहेको छ । तर, नेपाली युवाहरू विदेशमा कस्तो नियति भोगिरहेका छन्, सरकारका लागि कुनै चासोको विषय बनिरहेको छैन । अन्तर्राष्ट्रिय रोजगार बजारमा सबैभन्दा तल्लो तहमा रही दुःखपूर्ण काम सम्भवतः नेपाली कामदारले गरिरहेका छन् ।