समाजसेवाको महत्व
Samajsewako Mahatva
मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवियता भने हराएको छैन । हराउनु पनि हुँदैन । मानिसमा मानवियता कायमै रहेको संकेत दिन दुःखीहरुको सेवा र सहयोगमा अघि बढेका हातहरुले प्रमाणित गरिरहेका छन् । युवा क्लब हुन् वा कुनै पनि सामाजिक क्लब तथा संघ संस्था, उनीहरुले सामाजिक काममा आ आफ्ना तर्फबाट हात बढाइरहेका छन् । यसले उनीहरुको सामाजिक कार्यमा सक्रियतालाई संकेत गरिरहेको छ । जतिसुकै विज्ञान वा प्रविधिको विकास भए पनि मानिसमा मानवियताको आवश्यकता छ । मानिस जुनसुकै बेला जस्तोसुकै अप्ठेरोमा पर्न सक्दछ । मानिसले गर्ने समाजसेवाको सहयोग भनेको आफ्ना लागि गरेको बचत हो । अरुलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ । जति अरुलाई सेवा ग¥यो त्यति नै पुण्य मिल्ने कुरा विद्वानहरुले पनि बताएका छन् । जुनसुकै धार्मिक ग्रन्थमा पनि समाजसेवा गर्नुपर्ने र यसले पुण्य मिल्ने कुराहरु कुनै न कुनै रुपमा लेखिएका छन् । हिन्दु धर्मग्रन्थहरुमा उल्लिखित ‘परोपकार पुण्याय पापाय परपीडनम्’ उक्तिले नै सार बोकेको छ । मुसलमान सम्प्रदायले आफ्नो आयको हिस्सा गरिब गुरुवालाई बाँड्ने गरेका छन् । क्रिश्चियन सम्प्रदायमा पनि यस कुराको मान्यता छ । सत्य साई बाबाले पनि समाजसेवालाई महत्व दिएका छन् । धर्म मात्र नभएर सामाजिक अनि आत्मिक हिसाबले सोच्ने हो भने पनि समाजसेवा ठूलो कुरा हो । विश्वमा एकले अर्कालाई गर्ने सहयोगबाट मात्र दुःखीहरुले राहत पाउन सकेका छन् । राज्य वा ठूला निकायको मात्र भर पर्ने हो भने विश्व कति दुःखले भरिन्थ्यो होला । कसैको ध्यान नपुगेका ठाउँमा आवश्यक परेकालाई सेवाभावले गर्ने सहयोगले कसैको अहित हुँदैन । बरु यसले दान गर्नेलाई पनि भावी दिनमा अप्ठेरो परे दान पाउने बाटो
0 Comments