भ्रमण वर्ष सन  2020 र यस भित्रका कुरा  
Bhraman Varsh San 2020 ra yas Bhitraka Kura


विश्वमा नेपाललाई मन्दिरै मन्दिरको देश, माउन्ट एभरेस्टको देश, विश्वशान्तिका अग्रदूत गौतम बुद्धको देशका रुपमा चिनिन्छ। भौगोलिक, सामाजिक र सांस्कृतिक विविधता भएको नेपालका मनमोहक दृश्य देखेर जोकोही पनि मन्त्रमुग्ध हुन्छन।


नेपाल सरकारले सन् २०२० लाई भ्रमण बर्ष मनाउने तयारीमा छ। भ्रमण बर्ष २०२० सुरु हुन जनबरी १ अब केहिदिन मात्रै बाँकी छ। सरकारले २०२० मा नेपालमा २० लाख पर्यटक भित्राउने महत्वकांक्षी योजना पनि राखेको छ। घुम्न आएका अतिथिको सम्मान भ्रमण बर्ष २०२० को साझा आह्वान भन्ने नारा सहित भ्रमण वर्ष २०२० सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य सरकारको छ। तर लक्ष्यमा पुग्न दैनिक ६ हजार पर्यटक नेपालमा भित्राउनु पर्नेछ।


सरकारले मनाउन लागेको यो तेस्रो भ्रमण वर्ष हो। यसअघि सन् १९९८ मा पाँच लाख पर्यटक भित्राउने लक्ष्यसहित ‘भिजिट नेपाल ९८’ मनाइएको थियो। तर त्यस बेला लक्ष्यभन्दा कम चार लाख ६३ हजार मात्र पर्यटक भित्राउन सफल भएको थियो। सन् २०११ लाई पनि भ्रमण वर्षका रुपमा मनाइएको थियो। जसको नारा ‘पर्यटनको लागि संगसगै’ भन्ने थियो। त्यो बेला १० लाख पर्यटक भित्राउने लक्ष्य भए पनि राजनीतिक अस्थिरता, बन्द हड्तालका कारण सात लाख ३० हजार पर्यटक मात्र नेपालमा आएका थिए। आर्थिक बर्ष २०७५ र ७६ मा १२ लाख पर्यटक मात्रै नेपाल भित्रिएका थिए। गत आर्थिक बर्षमा दैनिक ३ हजार २ सय पर्यटक नेपालमा आएको तथ्यांक पर्यटन बोर्डसँग छ। सरकारी तथ्यांक अनुसार सन् २०१८ मा करिब १२ लाख पर्यटक नेपाल आएका थिए। सन् २०२० मा लक्ष्य भेट्टाउन त्यो भन्दा ८ लाखभन्दा बढी पर्यटक ल्याउनुपर्ने हुन्छ।


नेपाल सरकारले २०७४ मा ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो। आर्थिक वर्ष २०७५ र ०७६ को सरकारको नीति तथा कार्यक्रमले भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ। सरकारले भनेजस्तै ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटन भित्राउन त्यति सहज भने देखिँदैन। यसका लागि अवसर र चुनौती दुवै छ। वर्तमान अवस्थामा विश्वको पर्यटन विकास दर मात्र ६ प्रतिशत छ भने नेपालको २० प्रतिशतभन्दा बढी छ। यो एउटा उत्सव मात्र होइन यसको माध्यमबाट नेपालको पर्यटनलाई अझ बृहत विकास र विस्तार गर्न सकिन्छ। नेपालमा पर्यटनका धेरै सम्भावनाहरु छन्। प्राकृतिक नदीनाला, हिमाल, पहाडका अलावा सांस्कृतिक धरोहर र सम्पदा पर्यटनसगं जोडिएका छन्। हामीले आफूसँग भएको स्रोत र साधनलाई परिचालन गर्नुपर्छ र २० लाख पर्यटक भित्राउन सम्भव पनि छ।


विश्वमा नेपाललाई मन्दिरै मन्दिरको देश, माउन्ट एभरेस्टको देश, विश्वशान्तिका अग्रदूत गौतम बुद्धको देशका रुपमा चिनिन्छ। भौगोलिक, सामाजिक र सांस्कृतिक विविधता भएको नेपालका मनमोहक दृश्य देखेर जोकोही पनि मन्त्रमुग्ध हुन्छन्। लुम्बिनी, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथलगायत महत्वपूर्ण धार्मिक स्थल मात्र छैनन् आठ हजार मिटरमाथिका हिमश्रृखला पनि यहाँ छन्। नेपालको यही विविधतालाई देखेर विदेशी पर्यटकहरु मन्त्रमुग्ध हुन्छन् र यसै सेरोफेरोमा सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाइँदैछ।


सरकारले सन २०२० जनवरी १ मा भिजिट नेपालको औपचारिक उद्घाटन काठमाडौमा र जनवरी ७ मा विदेशस्थित नेपाली कूटनीतिक नियोगमा गर्दैछ। उद्घाटनका क्रममा ४० भन्दा धेरै देशका पर्यटनमन्त्री, परराष्ट्रमन्त्री र सम्बन्धित देशका राजदूतलगायतलाई आमन्त्रण गरिएको छ। भ्रमण वर्ष सफल बनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, विभिन्न देशमा रहेको नेपाली राजदूतावास, अन्तराष्ट्रिय नियोग र निजीक्षेत्रले सक्रियता बढाएका छन्। नेपाल भ्रमण सफल गराउन होटेलहरुले भ्रमण वर्ष अवधिभर ३० प्रतिशतसम्म सहुलियत दिने घोषणा गरेका छन्। बाह्य र आन्तरिक पर्यटकलाई होमस्टे, खाना र आवासमा २० प्रतिशत छुटको घोषणा गरिएको छ। नेपाल एयरलाइन्सले आफ्ना अन्तराष्ट्रिय उडान विस्तार गरेको छ। त्यसैगरी नेपाली र चिनियाँको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङस्थित डाक्सिङ विमानस्थलबाट व्यावसायिक उडान गर्न थालेको छ। जसबाट चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ। हिमालयले साउनदेखि बङ्गलादेशको राजधानी ढाकामा पनि उडान गरिरहेको छ। सरकारले बन्द रहेका आन्तरिक विमानस्थल पनि सञ्चालन गर्न थालेको छ। ओमनको वायुसेवा प्रदायक कम्पनी सलाम एयरले हप्तामा तीन उडान गर्दै आएकोमा दैनिक एक उडान गरेको छ। कुबेतको जजिरा एयरवेज र भारतको भिस्तारा एयरले पनि नेपाल उडान गर्दैछन्। नेपालमा पर्यटक वृद्धिदर उत्साहजनक रुपले बढेको देखिन्छ। प्यासिफिक एसिया ट्राभल एसोसिएसनले हालै सार्वजनिक गरेको अन्तराष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याकअनुसार सन् २०१८ मा पर्यटन आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ। तथ्याकअनुसार सन् २०१८ मा नेपालको पर्यटन आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ। नेपालले सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटकको स्वागत गरेको थियो। सन २०१७ मा नेपाल भित्रिने पर्यटकको सख्या नौ लाख ४० हजार थियो भने सन् २०१६ मा सात लाख ५३ हजारले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्याकले देखाउँछ। सन् २०१६ र सन् २०१७ को तुलनात्मक पर्यटक सख्याको वृद्धिदर पनि करिब २५ प्रतिशत नै थियो। सन् २०१७ मा भारतबाट सबैभन्दा बढी दुई लाख पर्यटक आएका थिए भने चीनबाट आउने पर्यटकको सख्या एक लाख ५३ हजार छ। भारत र चीन पछि अमेरिका, श्रीलङ्का र बेलायतबाट नेपाल घुम्न आउने पर्यटक बढी छन्।


संसारमा फ्रान्सपछि बढी पर्यटक जाने अर्को देश अमेरिका हो। अमेरिकाले सन् १८५० मा योसेमिट राष्ट्रिय निकुञ्जको स्थापना गरेको थियो। वन्यजन्तु र झरनाहरुको कारणले यो १८औं शताब्दीमा विश्वचर्चित भयो। आज वार्षिक ३७ लाख पर्यटकले यो राष्ट्रिय निकुञ्जको भ्रमण गर्छन्। सन् १८६० मा अमेरिकाले अमेरिकाका प्रमुख शहरहरु जोड्ने अत्याधुनिक रेलमार्गको विकास गर्योर। त्यसपछि मानिसहरु त्यसबेला रेलमार्ग हुँदै सो राष्ट्रिय निकुञ्जको भ्रमण गर्न लालायित भए। यसपछि अमेरिकाले बुझ्यो भौतिक विकासबाट पर्यटकीय गन्तव्यहरुको सहज पहुँच बनाउनु नै पर्यटन विकास हो।


चोभारको गल्छी काटेर पोखरीको रुपमा रहेको काठमाडौंलाई मानव बस्ती योग्य बनाउने मञ्जुश्री नेपालमा पहिलो पटक पर्यटकको रुपमा आएको विदेशी मानिन्छ। सन् ५९२ मा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा बिहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ। तर पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको वृद्धिसँगै विकसित भएको हो। राजकीय भ्रमणबाहेक सन् १९५१ सम्म नेपाल आउन कुनै पनि सर्वसाधारण विदेशीहरुलाई अनुमति थिएन। सन् १९५५ मा रुसी पर्यटक बोरिस सिसानेबिचले आफ्नो कम्पनी थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरु ल्याउन पहिलोपटक अनुमति पाएका थिए। बोरिसलाई दिइएको यो अनुमतिसँगै संस्थागत रुपमा नेपालमा विदेशी पर्यटक ल्याउन शुरु गरिएको हो। सन् १९६० मा संसारमा १४ ओटा ८ हजारभन्दा माथिका हिमालहरु छन् र त्यसमध्ये ८ ओटा हिमालहरु नेपालमा छन् भन्ने कुरा पत्ता लागेपछि नेपाल पर्वतारोहणको प्रमुख गन्तव्यको रुपमा संसारभर चिनिँदै आएको छ।


सन् १९६० को दशकमा यूरोपेली देशहरुमा लागूपदार्थ ओसारपोसार र सेवनविरुद्धको कानूनहरु ल्याउने लहरै चल्यो तर नेपालमा भने यो कानून सन् १९७३ मा मात्र आयो। यसबीच युद्धविरुद्ध मत जाहेर गर्ने यूरोपेली युवाहरु यूरोपका तर्की, मध्यपूर्वका रशिया र इरान हुँदै नेपालको काठमाडौं र भारतको गोवाजस्ता क्षेत्रहरुमा स्वतन्त्रपूर्वक गाँजा खान आउँथे। यूरोपतिर यस मार्गलाई त्यसबेला हिप्पी ट्रेल/गाँजाको मार्ग भनेर समेत चिनिन्थ्यो। त्यसबेला नेपाल गाँजा खान स्वतन्त्र देशको रुपमा पनि चिनियो भने अहिले आएर नेपाल पर्वतारोहणको केन्द्र भनेर चिनिएको छ।


२० लाख पर्यटकलाई भित्राउने मात्र हैन उनिहरुको नेपालमा औषत बसाइँलाई बढाउने तथा उनिहरुको हालको औषत खर्च बृद्धि गर्ने उद्देश्य समेत हो। नेपाल भ्रमण वर्ष २०२० को विभिन्न तहका तयारीहरु हुँदैछन्। युरोपका कतिपय सार्वजनिक सवारी साधनहरुमा नेपालको सौन्दर्यले भरीपूर्ण तस्विरहरु सहित नेपाल भ्रमणको निम्तो टाँसिएका छन्। व्यक्तिगत रुपमा पर्यटनलाई माया गनेर्हरु नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसारमा लागिरहेको छन् भने त्यसै गरी समूह र संस्थाहरु आ–आफना तरिकाले लागि रहेका छन्। यसै क्रममा गैर आवासीय नेपालीहरुको छाता संगठन एन.आर.एन.का सदश्यहरु एक जनाले कम्तिमा तीन जनालाई नेपाल घुम्न पठाउने अभियानको सुरुवात गरेका छन्।


व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ। विश्व पर्यटन सगठनको परिभाषा अनुसार पर्यटकले आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस घण्टाभन्दा बढी समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरु उद्देश्यका लागि यात्रा गर्नेलाईनै पर्यटक भनिन्छ। नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र हो। पर्यटनले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक कृयाकलाप अभिवृद्धि र समग्रमा आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ। नेपालमा विदेशी पर्यटकहरुको आवागमन शुरुवातसँगै पर्यटन क्षेत्रका कार्यक्रमहरुलाई व्यवस्थित ढंगले अगाडि बढाउन सर्व प्रथम वि.सं. २०१६ सालमा पर्यटन बोर्डको स्थापना भएको थियो।


भ्रमण वर्ष २०२० का चुनौती पनि धेरै छन्। नेपालमा बसेर्नी बढ्दै गएको सवारी दुर्घटनामा कमी हुन नसक्नु, पर्यटकीय स्थलमा जाने सडक कालोपत्रे नहुनु, धुलोधुवाँ हुनु, पर्यटकलाई सुरक्षाको प्रत्याभूति गराउन नसक्नु, ट्रेकिङमा गएका पर्यटकको तत्काल उद्धार गर्न समयमै कर्मचारी नआउनु नहुनु लगायतका चुनौती छन्। भ्रमण वर्ष सुरु हुनै लाग्दा सरकार र सम्बन्धित निकायले पर्यटकीय नगरसम्म पुग्ने बाटो धुलोधुवाँमुक्त बनाउनुपर्छ। हामीले सडक, विद्युत, पानी, यातायातलगायत अन्य भौतिक पूर्वाधारमा सुधार गर्न जरुरी छ। हाल सामाजिक सञ्जालले विश्वका अबौर्ं मानिसलाई जोडेको छ। विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यम र पेजहरुलाई नेपालबारे कम्तीमा दुई मिनेटको भिडियो बनाई पर्यटकको अनुभव पनि राख्नुपर्छ। हामीले पहिलोमा एट्रयाक्सन र दोस्रोमा विज्ञापनमा जोड दिनुपर्छ। तेस्रो पक्ष एक्सेस हो। वाह्य पर्यटकको आवागमन हुने एकमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा घन्टौँ हवाईजहाज होल्ड गर्न पर्ने समस्या छ। यो समस्याको समाधान गरी अन्य विमानस्थलको विकल्प नखोजे पर्यटकले अन्य विकल्प खोज्न सक्छन्। कुल गार्हस्थ उत्पादनमा तीन प्रतिशत योगदान पुर्याउने पर्यटन क्षेत्रलाई नजर अन्दाज गर्न सकिँदैन। त्यसैले सख्यात्मक रुपले पर्यटक वृद्धिभन्दा पनि गतिलो आय भएका पर्यटक धित्राउन सक्नुपर्छ। पर्यटकहरुले बढीमा ११ दिन मात्र बिताएको पाइने गरिएको छ, जसमा पनि बढी खर्च गर्न खोज्ने चिनियाँ पर्यटक पाइन्छ। त्यसैले चिनियाँलगायत अमेरिकी र युरोपेली देशका पर्यटक बढी भित्राउन सके मुलुकलाई फाइदा देखिन्छ। करिब एक अर्ब ३३ करोड जनसख्या भएको छिमेकी भारतमा ८२ करोड हिन्दु र झन्डै एक अर्ब ४३ करोड जनसख्या भएको अर्को छिमेकी चीनमा बुद्ध धर्म मान्ने मानिस अत्यधिक छन्। चीन विश्वभर धेरै पर्यटक पठाउने मुलुकमा पर्छ। नेपाल पर्यटन बोर्डको तथ्याकअनुसार सन् २०१८ मा १४९ मिलियन चिनियाँ पर्यटन विश्व भ्रमणमा निस्किएका छन्। चीनबाट मात्रै भ्रमणमा निस्किने पर्यटक वार्षिक १५ प्रतिशतले बढेको छ। नेपालमा त्यसको सानो हिस्सा ल्याउन सके मात्र भ्रमण वर्ष सफल हुने कुरामा दई मत नहोला।


नेपालमा पर्यटन सुरु भएको पचास वर्ष भन्दा बढि भयो। सन २०२० मा नेपालमा पर्यटकहरु किन आउने? पर्यटकहरु नेपाल किन आउँछन् भनेर आजसम्म एउटा सर्भे समेत भएको छैन। सुर्योदय हेर्न वा ट्रेकिङ जान वा हिमाल चढ्न के का लागि पर्यटक नेपाल आउँछन् भन्ने थाहा पाउन पनि एउटा सर्भे गर्न आवश्यक छ। त्यसबाट पर्यटकहरुलाई सबैभन्दा मन परेको चिज के हो भन्ने पनि पत्ता लाग्छ। यस तर्फ पनि सरकारले सोच्न जरुरी छ।