देश विकासमा युवाको भूमिका
Desh Viksasma Yuvako Bhumika
देशको भौतिक अवस्थामा गुणात्मक परिवर्तन गर्ने कम नै देश विकासको कम हो। देशको भौतिक अवस्थालाई विपन्नताबाट सम्पन्नतातर्फ, नराम्रो अवस्थाबाट राम्रो अवस्थातर्फ, यथास्थितिबाट उन्नतितर्फ लैजानुलाई देश विकास भनिन्छ। जवानीले नछाडेका र बुढ्याइँले नछोएका युवा-युवतीहरूको समुदायले नै देश विकास जस्तो गुरुतर जिम्मेवारीलाई सहजतासाथ वहाँ गर्न सक्दछ। राष्ट्रिय विकासको रथ तान्ने आधारभूत शक्ति भनेको युवा-वर्गको शक्ति हो र त्यो शक्ति नै वास्तवमा देश विकासको ऊर्जा हो। युवाका लामा-लामा सबल भुजहरूले जुनसुकै चुनौती र अवरोधहरूलाई पनि धुजा-धुजा पर्न सक्छन्। युवा-युवतीहरूका जोस र जाँगरका अगाडि जस्तोसुकै कठिन चुनौतीले पनि शिर निहुराउने पर्छ। अतः युवाहरूका आट र उत्साहको इन्धन प्राप्त गर्दा देशले विकास मार्गमा आएका जुनसुकै हाँक र बन्धनलाई सजिलै परास्त गर्न र चुँडाल्न सक्छ र विकासको अभियानमा देशले लामो फड्को मर्न सक्छ।
युवाहरू देश विकासका ऊर्जा हुन् जसको अदम्य आँट र हिम्मत देश विकासमा राम्ररी प्रयोग हुन् सकेमा जुनसुकै मुलुकले पनि विकासको गतिमा तीव्रता प्राप्त गर्दछ। बगेर खेर गइरहेको नदीमा बाँध बाँधेर विद्युत्ऊर्जा निकलेझैँ खेर गइरहेको युवा शक्तिलाई सुसङ्गठित पारी राष्ट्रिय विकासको अभियानमा पोख्न सक्ने जुनसुकै मुलुकमा पनि विकासको हरियाली लहलहाउँदछ, सम्पन्नताका भकारीहरू भरिन्छन्। विश्वमा भौतिक विकासका क्षेत्रमा चरम-उपलब्धि हासिल गरेका युरोपेली राष्ट्र होऊन् वा एसियाली राष्ट्र जापान, सिंगापुर होऊन् टी मुलुकहरूलाई भौतिक सम्पन्नताको शिखरमा आरूढ गराउनमा त्यहाँका युवाहरूका निःस्वार्थ समर्पण र त्यागले अहम् भूमिका खेलेको छ। जुन देशका युवा-युवतीहरूले आफ्नो मूलकमा विभिन्न सेवामा रहेर आफ्नो सिर्जनात्मक श्रम, सीप र तीक्ष्ण बुद्धि-विवेक देशकै लागि खर्च गरेका छन् त्यस मुलुकको मुहारमा विकासको मुस्कान देख्न सकिएको हो।
देश विकासका कार्यमा प्रत्येक युवा-युवतीले आ-आफ्नो क्षेत्रबाट सक्दो योगदान पुर्याइरहेका हुन्छन्।
जीवनचक्रमा हरेक व्यक्ति एकपल्ट युवावस्थामा पुग्दछ र ऊ व्यक्तिगत रूपमा कुनै पद वा ओहदामा बसेर वा नबसेरै भए पनि राष्ट्रिय विकासको पुनीत महायज्ञमा सरिक भएकै हुन्छ। इन्जीनियर, वकिल, शिक्षक, प्राध्यापक, कृषक, लेखक, कलाकार, खेलाडी, कर्मचारी, पत्रकार, सैनिक, प्रहरी आदि जुनसुकै क्षेत्रमा सर्वप्रथम व्यक्तिको प्रवेश युवावस्थामा नै हुन्छ। ती सेवामा प्रवेश गर्नेले आ-आफ्नो युवाजोस लगाएकै हुन्छन्, बाटोघाटो, कुलो, नहरनिर्माण गरी एउटा इन्जीनियरले मुलुकको भौतिक विकासमा नयाँ आयाम दिएको हुन्छ भने वकिलले न्याय सम्पादनका क्षेत्रमा, शिक्षक-प्राध्यापकले अध्यापनका क्षेत्रमा योगदान पुर्याउँछन्। लेखकले कलमको र कलाकारले कूचीको प्रयोग गर्दै आफ्ना सुन्दर सिर्जनालाई सभ्यता एवं संस्कृतिलाई समुन्नत तुल्याउन अग्रणी भूमिका निर्वाह गरेका हुन्छन्। सैनिकले शस्त्रास्त्रले सुसज्जित भएर राष्ट्रिय अखण्डताको पहरेदारको भूमिका निर्वाह गरेका हुन्छन् भने प्रहरीले जनताको जीउधन र सामाजिक शान्ति-सुरक्षाको क्षेत्रमा आफ्नो योगदान दिएकै हुन्छन्, यसरी देश विकासका कार्यमामा हरेक युवा-युवतीले आ-आफ्नो क्षेत्रबाट विभिन्न पेसामा रहेर अभूतपूर्व भूमिका निर्वाह गरिरहेका हुन्छन्।
मुलुकको विकासमा गहनतम भूमिका निर्वाह गरिरहेका हुन्छन्। सक्रिय गराउन राज्यले पनि विशेष पहल गर्नुपर्दछ। राज्यमा युवाहरूको मनोबल बढाउन खालको वातावरण तयार पारिनु पर्दछ। उचित वातावरणका अभावमा आफ्नो देशमा उचित शिक्षा, रोजगार, कम र मम नपाउँदा कतिपय युवावर्ग बरालिन्छ र युवावर्ग बरालिँदै देश विकासको गीत ओरालो लाग्दछ। कलिला ओठमा जँगारेखी बस्न नपाउँदा रोजगारीका नाममा, कम र मामका लागि विदेश पस्न युवावर्ग जहाँ बाध्य हुन्छ त्यस देशको अनुहारमा अधोगतिको चाया देखिन्छ र अवनतीको छाया देखिन्छ। परिवार र समाजको समुचित माया र स्नेह नपाएका वा आवश्कताभन्दा बढी माया र स्नेहले पुल्पुलिएका बालकहरू जब युवा बन्छन् तीमध्ये पनि केही विकृति-विसंगतितर्फ लागेका हुन्छन्। त्यस्ता कुलत र द्रव्यसनमा लाग्ने युवावर्ग पनि परिवार, समाज र राष्ट्रकै टाउको दुखाइ बन्न पुग्दछ। त्यस्ता वर्गहरूका लागि पनि योग्यता, क्षेमता, रुचि र दक्षता अनुसारका तालिम, रोजगार र कामको व्यवस्था गरी तिनको मनोबल बढाएमा तिनले पनि देश-विकासको होस्टेमा हैसे गर्न पुग्दछन्; सिर्जनाका नव-नव दयारहरू खोल्न सक्छन्; मूलकको अस्तित्वमा संकट आउँदा धक फुकाएर बोल्न सक्छन् र रास्ट्रियताका लागि जुनसुकै चुनौती पनि मोल्न सक्छन् अनि विपन्नता, गरिबी र पछौटैपनका विरुद्ध सजिलैसँग धावा बोल्न सक्छन्। तसर्थ आफ्नो देश युवास्रोतलाई निर्माणतर्फ प्रवाहित गर्न राज्यले रोजगारका बाध बढ्ने पर्छ, उनीहरूको उत्साहको धर्म उच्च आत्मबल र मनोबल साँध लाउनै पर्छ।
समष्टिमा भन्नुपर्दा देश विकासमा युवावर्गको महत्त्वपूर्ण भूमिका हुन्छ भने कुरो जगजाहेर छ। इतिहासका पाना पल्टाउँदै जाँदा प्रत्येक देशका सीमारेखाहरू युवावर्गको रगतबाट कोरिएका छन् भने उनीहरूमा विकृति-विसंगति, निराशा र कुण्ठ जागृत हुन् नदिई दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठी राष्ट्रिय स्वार्थमा उनीहरूलाई प्रयोग गर्दा राष्ट्रको कायापलट नै हुन् गएको छ। देश विकासको गहकिलो कुलतमा बरालिन नदिई उनीहरूलाई जोस र होसका साथ कम्मर कसेर बढ्नका लागि अनुकूल वातावरण बनाइदिएमा मुलुकको विकासमा युवावर्गले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्दछ, मुलुकको भौतिक विकासमा युवाहरूले अनुकरणीय दृष्टान्त प्रस्तुत गर्न सक्छन्।
5 Comments
Nice
ReplyDeleteIt is tooo long to right and it is nice essay also
ReplyDeleteThanks sir
ReplyDeleteNice essay but very long ! Thank u
ReplyDeleteThank you for this essay hope I could win tomorrow competition
ReplyDelete