पर्वतारोहण 
Parvatarohan


अग्ला-अग्ला पहाड र हिउँचुलीमा चढ्ने कामलाई पर्वतारोहण भनिन्छ। पर्वतारोहण मानिसको सोखको कुरा हो। यस्तो सोख सबैमा हुँदैन। कसैमा पहाड चढ्ने तीव्र चाहना हुन्छ भने कसैलाई पहाड चढ्ने कुरा सुन्ने बित्तिकै ज्वरो आउँछ। संसारका  धेरै मानिसहरू निरन्तर पर्वतारोहण  गरीरहन्छन। कतिपय  त् यसलाई  पेसाकै रूपमा पनि अँगालेको पाइन्छ। पर्वतारोहणमै सारा जीवन बिताउने व्यक्तिहरू पनि प्रशस्त भेटिन्छन्। असंख्य अग्ला-अग्ला हिमशृंखलाहरु भएको हाम्रै देशमा पनि पर्वतारोहण गर्ने  मानिसहरूको सङ्ख्या  कम छैन। नेपालमा पर्वतारोहण गर्नमा खास गरी सेर्पा जातिका मानिसहरू  अग्र पङ्क्तिमा रहेका छन्।


पहाड तथा हिमालहरू सौन्दर्यका खानी मानिन्छन्। तिनिहरूको सौन्दर्यको बयान गरेर सकिँदैन। तिनको सौन्दर्यले सबैको मन लोभित हुन्छ। पहाडको उच्च टाकुरामा पुगेर त्यहाँको सौन्दर्यमा डुब्न गर्न र आफ्नो कीर्ति राख्नका लागि मानिसहरू पर्वतारोहणमा मरिमेटेर लाग्छन्। धेरैजसो व्यक्तिहरूले पर्वतारोहणमा नयाँ कीर्तिमान कायम गरेर आफ्नो नाम पनि खाँसै राखेकै छन्।


पर्वतारोहण एउटा साहसिक कार्य हो। यस्तो कार्य गरेर जसले  पनि आफूलाई साहसीका रूपमा उभ्याउन सक्छ। पर्वतारोहणले कुनै पनि चुचुरोमा पुग्ने व्यक्तिले जीवनमा आइपर्ने जस्तोसुकै समस्यासँग लड्न। पहाड चढ्दा व्यायाम पनि हुने भएकोले पर्वतारोहणहरूको शरीर स्वस्थ अनि तन्दुरुस्त बन्न पुग्दछ। शरीर स्वस्थ भएपछि मानिसले धेरै कम गर्न सक्छ। सम भन्नु पर्दा पर्वतारोहण पनि मानिसले खेल्ने एक  रमाइलो खेल नै हो। यस खेलले दिने स्वाद बेग्लै र अनौठो हुन्छ। यसको स्वाद लीन सक्नु पनि जीवनको रमाइलो नै हो।