पृथ्वीनारायण शाह 
Prithvinarayan Shah


नेपाल आमाका उर्वर कोखबाट समय-समयमा युगप्रवर्तक महानायकहरूको जन्म भएको छ र राष्ट्रियताको रथ हाँक्ने सारथिहरूको उदय भएको छ। युगको आवश्यकता र नेपाली माटाको मागबमोजिम नेपाल आमाले जन्माएका त्यस्ता साहसिक वीरहरूमध्ये सर्वाधिक महत्त्वपूर्ण ऐतिहासिक महारथी हुन्-पृथ्वीनारायण शाह। नेपाली अवस्थामा सुधार ल्याउने उद्देश्य लिई नेपाली राष्ट्रियताको बलियो जग बसालेका हुन्। उनले राष्ट्रियताको सुदृढ स्तम्भ उभ्याउँदै नेपाल आमाको छिया-छिया परेको मुहारलाई मुस्कान भरेका हुन् र उनको मलिन अनुहारमा खुसीको प्रकाश छरेका हुन्।


यीनै पृथ्वीनारायण शाहको जन्म वि। स। १७७९ साल पौष २७ गतेका दिन गोर्खाको दरबारमा  भएको हो। उनि नरभूपाल शह र कौशल्यावातीका सन्तानका रूपमा जन्मेका हुन्। हुने बिरुवाको चिल्लो पात भने झैँ पृथ्वीनारायण शह सानेदेखि होनहार र प्रतिभाशाली व्यक्ति थिए। आफ्नी जेठी मुमा चन्द्रप्रभावतीको वात्सल्य प्रेमले भरिएको ममतामयी काखमा हुर्कदा  यिनले सानैदेखि राजकाज सम्बन्धी ज्ञान प्राप्त गरेका थिए। भनिन्छ: यिनलाई बाल्यावस्थामा मनकामना माइले विजयको वरदान दिएकी थिइन र गोर्खा नाथ बाबाले विशेष आशीर्वाद दिएका थिए। पृथ्वीनारायणको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी आयुष्मती सुपुत्री चन्द्रप्रभातीसँग भएको हो र केही असमझदारीका कारण सो वैवाहिक सम्बन्धमा समस्या बल्झेपछि बनारसका राजपूत अभिमानसिंहकी छोरी नरेन्द्रलक्ष्मीसँग बिहे गरेका थिए।


20 २० वर्षको कलिलो, रहरलाग्दो युवा उमेरमा नै गोर्खाको राज गादीमा पृथ्वीनारायण शाहको राज्यारोहण भयो। राजा हुनसाथ पृथ्वीनारायण शाहको ध्यम  मोज मस्तीतिर एकोहोरिएन, भोगविलासतिर लहसिएन। उनको दृष्टि हमवात्खंड टुक्रा-टुक्रा परेर छिन्न-छिन्न भइरहेको दयनीय अवस्थातर्फ पुग्यो; उनको ध्यान t स्वार्थी शासकहरूद्वारा भागबन्डा गरिएको र कुटिल साम्राज्यवादी शासकद्वारा तीखा आँखा गाडिएको तत्कालीन नेपालको सङ्कटापन्न अवस्थातर्फ एकोहोरियो। उनले पश्चिमतर्फ छिरिएर रहेका बाइसी र चौबीसी राज्यहरू, उपत्यकाभित्र भकुराभकुर गरिरहेका छ नगराज्यूहरू अनि दक्षिण तराई र पूर्वका किरात राजाहरूलाई जितेर विशाल नेपालको निर्माण गर्ने महत्त्वाकाङ्क्षी तर दूरदर्शी सपनालाई आफ्नो जीवनको धोको बनाए। “असम्भव भन्ने कुरो मूर्खहरूका शब्दकोशमा मात्र हुन्छ” भन्ने नेपोलियनको भनाइ पृथ्वीनारायणको जीवनमा पनि चरितार्थ  भयो। उनले काठमाण्डौ उपत्यका जस्तो समृद्ध शाली, वैभवशाली राज्यमाथि हाम्रा गर्न तगाराका रूपमा देखिएको नुवाकोटमाथि पहिलो आक्रमण गरे। पहिलो पटकको पराजयले उनलाई हताशा होइन विजयका लागि नयाँ पाठ सिकायो। त्यसपछि उनले क्रमशः: नुवाकोट लगायतका गोर्खाका छिमेकी राज्यहरू र पश्चिमतर्फका बाइसी र चौबीसी राज्यहरूमा सम, दाम, दण्ड र भेदको नीतिको अनुसरण गर्दै आक्रमण गर्दै गए, प्रत्येक युद्धमा विजयश्रीले उनलाई पछ्याउँदै गइन। यसै गरी वि। स। १८२६ मा काठमाडौं उपत्यकामाथि कब्जा जमाएपछि उनको विजय यात्राको अभियान र नेपाल एकीकरणको महोत्सवको एउटा अध्याय सम्पन्न गुरुतर दायित्व उनले निर्वाह गरे।


विलक्षण स्वप्नदृष्टा पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरी राष्ट्रियताको सुदृढ जान बसालेपछि तमाम जात जातिको बसोबास भएको नेपाललाई छत्तीस वर्णको साझा फूलबारीका रूपमा प्रस्तुत गर्दै सबै जात-वर्णको समान उन्नति र विकास भएमा राष्ट्रियता मजबुत हुने अनि राष्ट्रिय एकताको जग सशक्त बन्ने कुरा पृथ्वीनारायण शाहले न सिकाएका छन्। कस सम्प्रदाय अन्तर्गतका ठकुरी शाह वंशका राजा पृथ्वीनारायण शाहले गोर्खा जस्तो पहाडी राज्यका राजा भएर उपत्यकाका नेवारहरूको हृदय बुझ्नु, किरातहरूको आँत जित्नु कम चानचुने कुरो थिएन। भौगोलिक एकीकरण गर्दै जाँदा विभिन्न जात जातिका जनताका भावनामा देस पुर्याएको भए उनको एकीकरण अभियान भ्यागुतीको धार्नी नपुगे जस्तै असफल हुन् सक्थ्यो। यी तमाम कुराहरूसँग सुपरिचित पृथ्वीनारायणले पुर्ख्यौली राज्य गोर्खाका जनतालाई भन्दा पनि विजित वा आर्जित राज्यहरूका जनतालाई स्नेह गरी उनीहरूको धुकधुकीको स्पर्श गरेर नेपाली राष्ट्रियताको मजबुत आधार खडा गरे।


पृथ्वीनारायण शाहले एकैचोटी दुई वटा युद्धमा विजय प्राप्त गरेका हुन्। देशभक्तिलाई सर्वोपरि आधार र राष्ट्र निर्माणलाई अन्तिम अ\लक्ष्य बनाएर युद्धारम्भ गरेका पृथ्वी जब एउटा घरका भाइ आपसमा बाँडिएर र भाँड़ीएर अविश्वास र ईर्ष्याका व्यक्तिगत तुच्छ स्वार्थको जालो भित्र जब पस्तै गरेको देखे र एउटै घरका भित्ताहरू अन्तर्कलहले गर्दा चर्किदैं र ढल्दै गरेको देखे; त्यसबाट संसारमा सूर्य नअस्ताउने देशका रूपमा उपनिवेश फैलाउँदै गरेको अंग्रेज शक्तिले नेपाली भूमिमा आफ्ना विषालु नङ्ग्राहरू फैलाएर साम्राज्यवादी खेल खेल्न सक्ने सम्भावना पनि देखे। उपत्यकाका राजाका सहयोगमा आएको अंग्रेज सरदार किनलोकलाई उनले सिन्धुलीमाडीमै धूलो चटाएर लखेटिदिए; मकवानपुरे राजाका सहयोगमा आएका विहारका नबाब मीर कासिमलाई मकवानपुरकै घुँडा टेकाइदिए र साम्राज्यवादीहरूका विषालु पाइतालालाई पवित्र उपत्यकाको आँगनमा पर्नबाट जोगाए। यसरी पृथ्वीनारायण शाहले नेपाल राष्ट्रनिर्माणका सन्दर्भमा देशलाई अंशबन्डा गर्दी विखण्डनतर्फ गराउने देशभित्रका स्वार्थी तत्त्व र देशबाहिरका अंग्रेज साम्राज्यवादी शक्तिसँग बुहारीसाथ लडेर नेपाल र नेपालीको अस्तित्व र अस्मितालाई जोगाए।


राष्ट्रिय एकताका मर्मज्ञ एवम् ऐतिहासिक युगपुरुष पृथ्वीनारायण शाहले व्यष्टि-व्यष्टिका रूपमा रहेका राज्यलाई समष्टि रूप प्रदान गरी नेपाली राष्ट्रियताको बलियो जग बसालेका हुन्। उनले नेपालको भौगोलिक एकीकरण मात्र नगरी संस्कृतिक र भावनात्मक रूपमा पनि नेपाल र नेपालीलाई एक परेका हुन्। उनले माटो अर्थात् भूखण्ड र मुटु अर्थात् जनसमुदायलाई एउटै साझा बगैँचा र फूलबारीका रूपमा  विकसित गरी आफूलाई  त्यस बगैँचा मालीका रूपमा स्थापित गरेका हुन्। स्वदेशी र विदेशी शत्रुसँग एकैचोटी युद्ध गरी आधुनिक नेपालको कायाकल्प गर्ने पृथ्वीनारायण राष्ट्रभक्ति र एकताका विराट व्यक्तित्व हुन्। समष्टिमा भन्नुपर्दा राष्ट्रको उदय गराउनका साथै समस्त नेपाली जनतालाई सुषुप्तिका तर्फबाट उकासी चेतना र जागरणको अनि निर्माण र समृद्धिको वनपथतर्फ  अग्रसर हुने बाटो देखाउने दिनकरको भूमिका खेले।