विज्ञान वरदान कि अभिशाप
Vigyan Vardan ki Abhishap
आज, विज्ञान हाम्रो जीवनमा यति धेरै समावेश छ कि हामी साँच्चै विज्ञान बिनाको जीवन कल्पना गर्न गाह्रो छ।
विज्ञान भनेको भौतिक विषयको तत्त्व, सिधान्त आदिको प्रयोगात्मक विवेचना गिरएको शस्त्र हो। यसले मानवजातिलाई धेरै कुराहरु दिएको छ। विज्ञानले मानिसलाई निकै राम्रो कुराहरु दिने हुनाले विज्ञान मानिसका लागि वरदान भएको छ भने यसका केही कुराले मानवजीवनको अस्तित्व नै समाप्त पारिदिने भएकाले यो मानिसका लागि अभिशाप पनि भनेको छ।
पक्षमा बादविवाद
विज्ञान मानवजातिका लागि अभिशापभन्दा ज्यादा वरदान नै साबित भएको छ। विज्ञान मानवजीवनको सबभन्दा महत्त्वपूर्ण उपलब्धि हो। यसका राम्रा पक्षहरु ज्यादा भएकाले र ती मानवजीवनका लागि कामलाग्दो भएकाले मानिसकालागि विज्ञान फाप सिद्ध भएको छ। यसले मानिसलाई निकै सुखी र सुविधासम्पन्न बनाइदिएको छ।विज्ञानले गर्दा आज मानिस जंगली सभ्यताबाट आधुनिक सभ्यतामा आइपुगको छ. यसले असम्भव कुरालाई सम्भव तुल्याएदिन्छ। अझ यातायात र संचारक क्षेत्रमा विज्ञानले जुन चमत्कार देखाएको छ त्यो मानिसका लागि ठूलो वरदान भएको छ। यातायातक साधनहरुले गर्दा अहिले हामी हिँडेर घन्टौँ तथा महिनौँ लाग्ने ठाउँमा एकै छिनमा पुग्न सक्छौं। विज्ञानले यो विश्वलाई नि साँघुरो बनाइदिएको छ। यसले गर्दा मानिसलाई विश्वभर त् के अन्तरिक्षसम्म पुग्न काम पनि एक हातको खेल भइसकेको छ। संसारको जुनसुकै कुनामा बसेर पनि संसारभर कुरा गर्न सकिने र संसारको कुनै एउटा कुनामा घटेका घटनाहरु तुरुन्तै थाहा पाउन सकिने टेलिभिजनबाट घरमै बसीबसीसंसार हेर्न पाउनुको मज्जा पनि अर्कै छ।विज्ञानकले मानवजीवनलाई रंगिन बनाइदिएको छ। यसका उपलब्धिहरु उपभोग मानिसले नै गरको छ। त्यसैले यो मानिसका निम्ति वरदान नै साबित भएको छ। यसको महत्त्व नबुझी यसलाई अभिशाप ठान्नु मूर्खटाबाहेक अरु केही होइन।
विज्ञानले मानिसलाई दिएक वरदानको बखान गरेर साध्य छैन। यसले मानिसको ज्यान लिने होइन; बरु उसलाई नयाँ जीवन दिन्छ।यसले अनेकौं औषधिहरु बनाई मानिसलाई अकालमै मर्नबाट जोगाउँछ। मानिसलाई कम गर्न सजिलो होस् भन्ने उदेश्यले विज्ञानले अनेक औजारहरु बनाइदिएको छ। विभिन्न औजारहरुले गर्दा खेत जोत्न, जमिनमुनिको पनि टन्न, ठू-ठूला बाध बनाउन, पुल बनाउन अनि भरि चिजहरुलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन मानिसले खासै परिश्रम गर्नुपर्दैन। उद्योगक क्षेत्रमा पनि विज्ञानलेठूलो क्रान्ति ल्याई मानिसको उज्ज्यालो राख्न सक्ने विधुत्शक्तिको उत्पादन गरी मानिसलाई ठूलो गुण लगाएको छ। यसरी विज्ञानले विभिन्न क्षेत्रमा गरेको प्रकृतिकै आधारमा यसलाई मानवजातिले वरदानको उपमा स्वीकार गरेको छ।
विज्ञानक हरेक कामहरु चमत्कारपूर्ण छन्। यसका कुनै पनि कार्यलाई सामान्य मान्न सकिँदैन. दन्त्यकथा सुन्दा-पढ्दा हामीलाई आश्चर्य लाग्ने कुराहरुलाई विज्ञानले प्रमाणित गरेर देखाइदिएको छ। हिजो देवलोक ठानिएको चन्द्रमामा पाइल राखेर मानिस आइसक्यो। कम्प्युटरको आविष्कार गरेर मानवजीवनलाई छिटो-छरितो पर्ने विज्ञानको चमत्कार निकै भरपर्दो पनि छ। कम्प्युटरबाट मानिसले इमेलमार्फत विभिन्न ठाउँमा चिठी पठाउन सक्छ अनि इन्टरनेटमार्फत नेपालबाट प्रकाशित हुने पत्रिका युरोप तथा अमेरिकातिर सजिलै पढ्न सक्छ। आज हरेक दृष्टिले विज्ञान हाम्रा लागि वरदान बन्न पुगेको छ।
विपक्षमा वादविवाद:
हरेक विषय वा कुराका पक्ष र विपक्ष अनि फाइदा र बेफाइदा भएझैँ विज्ञानक लागि वरदान हुनका साथै अभिशाप पनि बन्न पुगेको छ। यसले मानिसलाई केहि हित गरेको छ भने केही अहित पनि गरेको छ। यसले मानिसलाई नभई नहुने सुख, शान्ति आदिजस्ता कुराहरुको हरण गरिदिएको छ। विज्ञानकै कारण आज मान्छेको जीवन अस्तब्यस्त बन्दै गइरहेको छ। संसारभर अशान्ति र झगडा मच्चाई मानवजीवनलाई अत्यन्त अशुरक्षित र भयावह बनाउनु विज्ञानको ठूलो दोष हो, अभिशाप हो. त्यसैले विज्ञान मानिसका लागि अफाप पनि सिद्ध भएको छ। आज संसारका कुनै पनि ठाउँमा शान्ति छैन. जताततै, हिंसा र आतंक नै मच्चिएको देखिन्छ। कहीँ कसैले पनि सुखसँगबस्न दिएको छैन विज्ञानले। पहिलो र दोस्रो विश्वयुद्ध विज्ञानकै सन्तान थिएँ। यी दुई युद्धमा लाखौंलाख मानिसको ज्यान जानुका साथै लेखाजोख गरेर नसकिने धनमाल नासिएको थियो. हिजोआज बमविस्फोट,युद्ध, गृहयुद्ध नि सवारीक विभिन्न साधनहरुको दुर्घटनाका कारण कयौं मानिस एकै चिहान हुने गरेको समाचारहरु बारम्बार सुन्न पाइन्छ। विज्ञानलेस्वच्छ प्राकृतिक वातावरणलाई प्रदुषित तुल्याएर मानिसलाई बँच्न नै धौ-धौ बनाइदिएको छ अनि अनेकौं महामारी फैलाइदिएको छ। विज्ञानको बढ्दो उपद्रवलाई मानिसमा जीवनप्रतिको होस् हराउँदै गयेको छ। मृत्युलाई साथमा मानवजातिका लागि अभिशाप नै बनेको छ. सिकारीले चारो थपेर पशुपन्छीको ज्यान लिएझैँ विज्ञानले पनि विकासको स्वाद चाखेर मानिसको जीवनलाई धरापम परिदिएको छ। यस आधारमा विज्ञान वरदान नभई अभिशाप नै बनेको छ।
विज्ञान आफैमा अभिशाप होइन; यसलाई मानिसले नै अभिशाप बनाएको छ। वैज्ञानिक आविष्कारको सही ढंगले उपयोग गर्ने हो भने विज्ञान मानिसका लागि सधैं वरदान नै साबित हुन् सक्तछ। माल पाएर मात्र हुदैन चाल पनि पाउनुपर्दछ भनेझैँ विज्ञानको महत्त्वलाई राम्ररी बुझ्नुपर्दछ। यसलाई मानवहितका लागि उप्य्ग गर्नु बढी वाञ्छनीय हुन्छ। यसलाई कसैले पनि हातको खेलौन बनाउनुहुदैन। खराब मनोवृति भएका मानिसले विज्ञानको दुरुपयोग गरी यसकोबदनाम गरिदिएका छन्। विज्ञानले आविष्कार गरेका वस्तुहरुलाई सृजनात्मक कामका लागि प्रोयोग गरेमा यसबाट हामीलाई फाइदैफाइदा हुन्छ। निश्चय नै विज्ञान मानवजातिक लागि अभिशाप नभई वरदान नै साबित हुन् सक्छ।
2 Comments
Chamatkar ko pani lekhera haliessyona
ReplyDeleteNice 🙂🙂
ReplyDelete