मोबाईलको लाभ
Mobile ko Labh
आकारमा सानो हात तथा खल्तिमा बोकेर हिँड्न सकिने सञ्चारको साधन जसको सहयोगले एक ठाउँबाट कुनै अर्को ठाउँको खबर पाउन सकिन्छ त्यो नै मोबाइल हो। मोबाइलमा कार्डले रिचार्ज गर्नुपर्दछ । निश्चित समयसम्म सो कार्डमा रहेको पैसाले काम गर्दछ । मोबाइलको ब्याट्री चार्ज गर्नुपर्दछ । मोबाइलमा विभिन्न किसिमका नम्बर हुन्छन् ती नम्बरको सहयोगले मानिसले फोन लगाउने गर्दछन् । आजको युगमा मोबाइल एउटा यस्तो चिज हो । जसको बिना मानिस एकैछिन पनि रहन सक्दैन । कोही आफ्नो परिवारको सदस्य बाहिरी भई धेरै बेर नआएको अवस्थामा जानकारी लिन होस् या विभिन्न आफ्ना आफन्तको बारेमा बुझ्न मानिसलाई मोबाइलले धेरै सहयोग पुर्याएको छ । कुनै पनि ठाउँमा भएको घटनालाई तत्काल अन्य ठाउँमा जानकारी दिन, राम्रो कुरा सुनाउन विभिन्न व्यापार व्यवसायका कुरा गर्न, खाली रहेको समयमा बेट जोडी चलचित्र, गीत हेर्न, गेम खेल्न, केही अविस्मरणीय समयको फोटो राख्न आदि कामका समेत मोबाइलले अत्यन्तै महत्वपूर्ण भुमिका राख्दछन् । मोबाइलको विकासले गर्दा मानिसले मानिसले लामो दुरीको यात्रा गरी भेटघाट गरी मानिसलाई भन्नुपर्ने बाध्यता घटेको छ जसले गर्दा मानिसको आर्थिकमा र समयमा समेत बचत हुन पुगेको छ। ठूला ठूलालाई मात्र उपयोगी नभएर अहिले त मोबाइलले रोइरहेको बालबालिकालाई भुल्याउने काममा पनि प्रयोग हुन्छ। विद्यालयमा विद्यार्थीलाई खेल खेलाउन, पढाइकै कुरा पनि रेकर्ड गरी विद्यार्थीलाई प्रदर्शन गर्न समेत मोबाइलले सहयोग गरेको छ । मोबाइल धेरै चलाएर आँखामा समस्या आउन तथा टाउको दुख्ने मानिसलाई साथीभाइ कम चाहिने हुन सक्छ। अहिलेको अवस्थामा मानिसले एउटा बानीको रूपमा विकास भइसकेको मोबाइलले एकदमै उपयोगी साधनको रूपमा काम गरेको छ यसको सही उपयोग गरी अत्यधिक फाइदा लिन सबैले जरूरी रहेको छ।
0 Comments