पैसाको महत्व 
Paisa ko Mahatva

निश्चित बुट्टा र चित्रहरूले भरिएका कागजहरू जसको सहयोगले हामी आफूलाई चाहिएको कुरा बजारमा गई किन्न सक्छौँ त्यो नै पैसा हो । पैसा कागजबाट बनेको हुन्छ। पैसालाई नोट पनि भनिन्छ। कति रूपैयाँको नोट हो, त्यो अनुसार पैसाको पनि आकार र नक्सा बुट्टाहरू फरक फरक हुने गर्दछन् । पैसा कमाउनका लागि मानिसले जे पनि गर्न तयार हुन्छ। समाजमा जे जति कार्यहरू मानिसले गर्दै आइरहेका छन्, ती सम्पूर्ण कार्य पैसा कमाउने र आफ्नो परिवार धनी सम्पन्न बनाउने चाहनामा गरेका हुन् । पैसा मानिसलाई बाँच्नका लागि चाहिने अत्यन्त आवश्यक वस्तु हो। पैसा यस्तो महत्त्वपूर्ण वस्तु हो त्यो बिना मानिस वरदेखि पर जान पनि सक्दैन । हामीले खाने विभिन्न प्रकारका खानेकुराहरू लगाउने कपडाहरू, चढेर हिँड्ने विभिन्न साधनहरू सबै त्यही पैसा कमाएर पैसाले किन्ने र प्रयोग गर्ने गर्नुपर्दछ । मानिसले गाउँदेखि सहरमा आएर विभिन्न विषयहरू पढी विवेकी हुनाका साथै धेरै पैसा कमाउने र परिवार सुखीसाथ पाल्ने आशामा आउने गर्दछन् । मानिसले समाजमा जे जति कामहरू गर्दछन् ती सबै मानिसको पैसा कमाउने नै उद्देश्य हुने गर्दछ। व्यापार, व्यवसाय, शिक्षक पेशा, ज्याला मजदुरी, ठेकापट्टा, भारी बोक्ने डाक्टर, इन्जिनियर, पुलिस लगायतका सबै मानिसले आ-आफ्नो कर्तव्यहरू पूरा गरे तापनि उनीहरूको मुख्य चाहना पैसा कमाउने र परिवार र आफू सम्पन्न सुखी हुने नै उद्देश्य रहेको हुन्छ। पेशाले मानिसलाई सही बाटो मात्र लगाएको भने हुँदैन । पैसा पाउने आशामा मानिसले मानिसको ज्यान लिन पनि सक्दछन् । पैसाकै लागि चोरी, डकैती, पनि गर्ने गर्दछन् । पैसा जीवन सहज किसिमले बिताउनलाई चाहिने अत्यावश्यक वस्तु हो । पैसा कमाउनको लागि मानिसले सही ठाउँ चिनेर कार्य गर्नुपर्दछ । पैसा कमाउँदा अनैतिक कार्य गर्नु चाहिँ हुँदैन।