नेपालको राष्ट्रिय झन्डा 
Nepalko Rashtriya Jhanda


हरेक देशको आ–आफनै र फरक–फरक राष्ट्रिय झण्डा हुन्छ । नेपालको झण्डा अरु देशहरुको भन्दा भिन्न छ । दुइटा त्रिकोणात्मक आकार भएको नेपालको झण्डा अरु कुनै देशको झण्डाको आकारसँग मेल खाँदैन । नेपालको झण्डा बिश्वकै सबैभन्दा गणितिय झण्डा समेत हो ।


हाम्रो झन्डामा भएका रंग र आकारहरुका आ–आफ्नै अर्थहरू छन् । झन्डाको निलो किनाराले शान्ति र एकता, सिम्रिक रंगले हाम्रा पुर्खाहरुको बहादुरी, सूर्य र चन्द्रमाले हाम्रो देश सूर्य र चन्द्र जस्तै सधै रही रहन्छ भन्ने जनाउँछ । दुईवटा त्रिकोणले दुइ धर्म – हिन्दु र बुद्ध धर्म बुझाउँछन् ।


सर्वप्रथम कुनै पनि झण्डाको शुरुवात सेनाले गरेको जनविश्वास रही आएको छ । यद्यपी त्यसबारे कुनै ठोस प्रमाण भने भेटिएको छैन । लडाइँको मैदानमा आफ्ना सैनिकलाई एकत्रित गर्न निश्चित ठाउँमा रंगीन कपडा फहराइन्थ्यो । यस्तो कपडा देखेपछि टाढा–टाढा रहेका सैनिकहरु पनि एकै ठाउँमा भेला हुन पुग्दथे ।


शुरुमा लौरामा बाँधेर टांगिने ती रंगीन कपडाहरुलाई विशेष आकार, प्रकार र रुपरङ्गमा बनाउन थालिएको इतिहास छ ।


सबैभन्दा पहिले चीन, भारत वा रोमबासीहरुले कपडाको झण्डा प्रयोग गरेको भनिन्छ तर यो पनि पुष्टि भएको छैन । इसापूर्व ११२६ मा चीनमा रहेको झाओ राजबंशका बेला सेतो रङको झण्डा प्रयोग भएका प्रमाण फेला परेका छन् ।


संसारको सबैभन्दा पुरानो राष्ट्रिय झण्डा डेनमार्कको झण्डालाई मानिन्छ, जुन सन् १२१९ मा प्रयोग शुरु गरिएको थियो । त्यसपछि सन् १३३९ मा स्वीट्जरल्याण्डले पनि आफ्नो राष्ट्रिय झण्डा प्रयोगमा ल्याएको हो ।१९ औं शताब्दीसम्म आइपुग्दा प्रत्येक देशले आ–आफनो राष्ट्रिय झण्डा छनोट गरेका हुन् । अमेरिकामा जेएल हड्सनले विश्वमै सबैभन्दा ठूलो झण्डा बनाएका थिए ।



सन् १९४९ जुन १४ मा निर्मित उक्त झण्डाको लम्बाई ३ सय २५ फुट र चौडाई १ सय ०४ फुट थियो । १ हजार ५ सय पाउण्ड तौलको उक्त झण्डालाई प्रत्येक बर्ष १४ जुनका दिन अमेरिकामा फहराउने गरिन्थ्यो, जुन चलन हालसम्म पनि कायम छ ।


अमेरिकी झण्डामा हुने ५० वटा ताराले त्यहाँका ५० वटा राज्यको संकेत गर्छ । यसैगरी भारतको तिरङ्गा अर्थात तीन रङले बीरता, शान्ति र समृद्धिको अर्थ राख्ने गर्दछ ।


बलिदान, शान्ति र समृद्धिको अर्थ राख्ने दुईवटा त्रिभुजाकारबाट बनेको नेपालको झण्डा संसारमा बिशेष आकर्षक मानिन्छ । यसमा आठ कुने चन्द्रमा र १२ कुने सूर्य राखिएको हुन्छ ।


नेपालको संविधान २०७२ को धारा ८ मा नेपालको झण्डालाई ‘सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो ।’ भनेर चिनाइएको छ । 


बलिदान, शान्ति र समृद्धिको अर्थ राख्ने दुईवटा त्रिभुजाकारबाट बनेको नेपालको झण्डा संसारमा बिशेष आकर्षक मानिन्छ । यसमा आठ कुने चन्द्रमा र १२ कुने सूर्य राखिएको हुन्छ ।


यो बिश्वकै एक मात्र त्यस्तो राष्ट्रझण्डा हो, जुन आयातकार अनि बर्गाकार छैन । समानान्तर तान्दै, लम्ब खिच्दै, बृत बनाउँदै गणितिय बिधिको प्रयोग गरि झण्डा कसरी बनाउने भनि संबिधानमै उल्लेख छ ।


नेपालको संबिधान २०७२ को अनुसुचि १ मा नेपालको झण्डा बनाउने विधि निर्धारण गरिएको छ । यो विधि पछ्याउँदा  दुई त्रिकोण सहितको माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको आकार भएको झण्डा बनाउन सकिन्छ । झण्डामा भएका प्रत्येक आकार गणितले यसरी परिभाषित गर्न सकिने नेपालको झण्डा बिश्वकै सबैभन्दा गणितिय झण्डा हो ।