देशभक्ति
Desh Bhakti

हामी सबै सामाजिक प्राणी हौं। खुसीको बेलामा हामी मयूरको प्वाँख झैँ फिँजिएर नाच्छौ भने दुखी हुने बेलामा कालो बादल झैँ डुम्म पर्छौँ। खुसी र दुखी हुनु हामीमा स्वाभाविक हो। प्राय: मानिसहरू आफू भन्दा बढी माया कसैलाई गर्दैनन् तर जब मानिस आफ्नो व्यक्तिगत मायालाई त्यागेर आफूभन्दा अरूका दुख, पिडाहरू महसुस गर्न सक्छन् तब नै मानिसमा देशभक्तिको भावना उत्पन्न हुन्छ। तर कतिपय मानिसहरू समय अनुसार आफूलाई परिवर्तन गर्छन् तथा तुरुन्तै-निर्णय लिएर देशभक्तिको भावनामा समर्पित हुन् सक्छन्। हुन् त हामी प्राय: यस्तै व्यक्तिलाई आफ्नो समाजमा  देखिरहेका हुन्छौ तर जो चाही आफ्नो देशकै लागि बाच्न चाहन्छन् र देशको हरेक स्थितिमा साथ दिन्छन् त्यस्ता मानिस नै इतिहासमा आफ्नो नाम बनाउन सक्छन्।


देशभक्तिको भावना सबैमा जन्मिनु देखि नै हुँदैन। देशभक्तिलाई आफ्नो देश प्रेमको स्वार्थ भन्न  सकिन्छ। नेपालको इतिहासमा हामी थुप्रै व्यक्तिहरूलाई देशभक्त भन्न सक्छौ। तिनिहरूले आफ्नो मृत्युको बारेमा नसोचेर देशलाई जोगाउन र सिङ्गो नेपाल बनाउन दिनरात लागिरहे। वास्तवमा उनीहरूले गरेका कामहरू देशभक्तिको उदाहरण बन्न पुगेको छ।


देशभक्तिको भावना डरछेरुवा, सधैँ अहिंसासँग डराउने र आफ्नो व्यक्तिगत जीवनमा ध्यान दिने  व्यक्तिमा पनि उत्पन्न हुन् सक्छ। परिस्थितिले मानिसलाई बदल्न सक्छन्। हामीले लखन थापा, भक्ति थापा आदिको उदाहरण लिन सक्छौ। देशको निम्ति उनीहरूले दिएका योगदान अविस्मरणीय छ। उनीहरूले देशका लागि आफ्नो ज्यान समेत गुमाएका छ।


हामी सबै देशभक्तिको भावना हुनुपर्छ। यदि हामी नेपालीमा देशभक्तिको भावना उत्पन्न हुन् सक्यो भने हाम्रो यो देश कति अगाडी बढ्न सक्छन् भने हामी अनुमान पनि गर्न सक्दैनौ।


यदि हामी सबै नेपालीमा देशभक्तिको भावना मनै देखि आयो भने मानिस एक छाक भात र एक रातको  मेहनतले देश परिवर्तन गर्न सक्छन्।


यदि हामी सबै नेपालीमा देशभक्तिको भावना जाग्यो भने मानिसले बैसाखको चर्को घाम र माघको काम्ने चिसोमा पनि दिनरात कम गरी देश विकास गर्न उदेश्यलाई अगाडी बढाउन सक्छन्।


यदि हाम्रो देशका नेताहरू र जनताहरू १ वर्षको लागि देशभक्तिको भावना जगाएर राख्न सक्यो भने हाम्रो देश 

विश्वमा आफ्नो स्थान बनाउन सक्छ र अरू देशको लागि प्रेरणा बन्न सक्छ।


आफूमा लुकेको देशभक्तिलाई जोगाउने बेला आइ सक्यो त्यस कारणले सबै एकजुट हुऔँ अनि देशलाई विकासको चुचुरोमा पुगौं।