सगरमाथा संसारमा
Sagarmatha Sansarma
धेरै हिमालहरू रहेका छन् । ती हिमालहरूमध्ये सबैभन्दा अग्लो हिमालको नाम सगरमाथा हो । जुन हाम्रो देश नेपालमा पर्छ । सगरमाथाको शिरले आकाश छुन खोजेको हुनाले यसलाई सगरमाथा नाम दिइएको हो । यस हिमालको उचाइ ८८४८ मिटर रहेको छ । 'सगरमाथा' सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लाको खुम्जुङ गाविसमा पर्दछ । हामी विदेशमा पनि सगरमाथाको देशका नागरिक भनेर चिनिएका छौँ । विश्वका मानिसहरू सबैले हाम्रो देश नेपालको नाम नसुनेको भए पनि सगरमाथाको नाम अवश्य सुनेका छन् । किनभने यो सबैभन्दा अग्लो हिमाल हो। त्यसैले सगरमाथा हामी नेपालीको गौरव हो। सगरमाथाको आरोहण गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । हिमाल आरोहीहरू सगरमाथालाई नै आफ्नो गन्तव्यस्थल बनाउँछन् । सगरमाथा नेपाल र नेपालीको आम्दानीको मुख्य स्रोत हो । सगरमाथा चढ्ने मानिसले लाखौँ रूपैयाँ सरकारलाई कर तिरेको हुन्छ । जसले गर्दा आर्थिक लाभ हुन्छ । सगरमाथा नेपालीहरूको आम्दानीको प्रमुख स्रोत हो। पर्यटकका लागि भनेर नाम्चे बजार वरपर विभिन्न खालका उद्योग व्यवसाय र होटल सञ्चालन गरिएका छन् । जसले गर्दा त्यहाँका जनताले राम्रो आम्दानी गरेका छन् भने कतिपय व्यक्तिहरूले टुरिस्ट गाइड गरेर पनि आय आर्जन गरेका छन् । सगरमाथा नेपाल र नेपालीको आर्थिक र सांस्कृतिक विकासको आधार हो । सगरमाथाको आर्थिक महत्व जति छ त्यही नै सांस्कृतिक महत्व रहेको छ । हिमाललाई महादेव र पार्वतीको बासस्थान मानिन्छ । नेपालका हिमाललाई भारतको पवित्र नदी गंगाको उद्गमस्थान मानिन्छ । हिन्दू धर्मावलम्बीहरू हिमाललाई पूजा गर्छन् किनभने पार्वती हिमालय पर्वतकी छोरी हुन् । सगरमाथा पनि पवित्र हिमाल हो। हाम्रो देशका हिमालले पहाड तथा तराइका बस्ती तथा फाँटलाई मलिलो बनाउने काम गरेका छन्। त्यसैले आर्थिक, धार्मिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको यस हिमालको संरक्षण गर्नु हाम्रो कर्तव्य हो । सगरमाथाले आजका दिनमा फोहोर मैलाको समस्या झेल्नुपरेको छ । त्यसैले यो समस्यालाई समाधान गर्न सरकारी स्तरबाटै नयाँ नीति नियम लागू गर्नु अति आवश्यक कुरा भइसकेको छ। सगरमाथाको हिउँ पग्लन नदिन वातावरण संरक्षण सम्बन्धी कार्य गर्नु आवश्यक छ। त्यसैले सगरमाथा हाम्रो चिनारी हो। हामी सबै नेपालीको गौरव हो । यस्तो इज्जतलाई जोगाएर अघि बढ्नु हामी सबै नेपालीको कर्तव्य हो।
2 Comments
Good
ReplyDeleteexcellent
ReplyDelete